साङ्केतिक तस्वीर

असार १५ – भक्तपुरमा सोमबार बिहान एक व्यक्तिको हत्या भएको छ। हत्या अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले एकलाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका वडा नम्बर ४ गहिँटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीया ‘जडिबुटी’ उपनामले चिनिने कृष्ण तामाङ मृत फेला परेका थिए।

प्रहरी घटनास्थल पुग्दा उनको टाउको, निधार र चिउडोमा चोट लागेको थियो।

चोट देखिएपछि प्रहरीले कर्तव्य गरी मारिएको पुष्टि गर्दै अभियुक्तहरूको खोजीतलासी गर्दा एक मजदूरलाई पक्राउ गरेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

प्रहरीले उनको हत्याको आरोपमा सिन्धुली तीनपाटन गाउँपालिका घर भई हाल सोही गहिटीमा बस्दै आएका ३० वर्षीय ईन्द्रबहादुर तामाङलाई पक्राउ गरेको हो।

उनीहरूबीच आपसी विवाद हुँदा तामाङले ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको डिएसपी गिरीले जानकारी दिए। इन्द्रबहादुर गस्हिटीमा ज्याला मजदुरी गर्दै आएका थिए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।