स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा ब्राजिलियन खेलाडी कासामिरोले खेलको एक मात्र गोल गरेका थिए । करिम बेन्जमाको असिष्टमा कासामिरोले खेलको ४९औ मिनेटमा गोल गरेका थिए ।

योजितपछि अब ला लिगामा रियल म्याड्रिडले ६ खेल खेल्न बाँकी हुँदा बार्सिलोनामाथि २ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । पछिल्लो खेलमा सेल्टाविरुद्ध बार्सिलोना बराबरीमा रोकिएपछि यसको फाइदा रियल म्याड्रिडलाई भएको छ । समान ३२ खेलमा रियल म्याड्रिडको ७२ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।