सोमबार बहराइन दिनारसहित केही देशको विनिमयदर बढेको छ । भने अन्य देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार  एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ३४ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १९ पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा  तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३५ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ १३ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४९ रुपैयाँ ७२ पैसा  तोकिएको छ।एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८ पैसा तोकिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।