म्यानचेस्टर सिटीले एफए कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार राति भएको क्वार्टरफाइनल खेलमा न्यूकासललाई हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।

न्यूकासलको मैदानमा भएको खेलमा सिटीलाई जिताउन केभिन डी ब्रुने र रहीम स्टर्लिङले समान एक–एक गोल गरे । खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीको मौकालाई सदुपयोग गरी डी ब्रुनेले सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । यसैगरी खेलको ६८औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई २–० गोलले जिताए ।

यससँगै सिटीले अन्तिम चारमा प्रवेश गरेको छ । सिटीले अब फाइनलका लागि आर्सनलसँग खेल्ने छ । यी दुईबीचको खेल १९ जुलाइमा हुनेछ । आर्सनल गए राति भएको क्वार्टरफाइनल खेलमा सेफिल्ड युनाइटेडलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।