file photo

असार १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमनको लागि अख्तियार दुरुपयोग अनुशन्धान आयोग आवश्यक नरहेको भन्दै त्यस्तो कानून नबनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) को साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे जानकार रहेको पनि बताएका थिए । उनले अख्तियारले निजी क्षेत्रलाई समेत हेर्नेगरी ल्याइएको विधेयक सरकारले अगाडि नबढाउने बचन समेत दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।