हेटौँडा । गैर सरकारी सस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार स्करपियो दुर्घटनामा परेको छ । दुर्घटनामा परि धितालकी श्रीमती प्रभा गौतम धितालको मृत्यु भएको छ ।

चितवनको जलबिरेमा ग्यासको बुलेटसँग स्करपियो ठोक्कीदा दुर्घटना भएको हो । दुर्घटनामा परि घटनास्थलमानै धितालकी श्रीमतीको मृत्यु भएको नेपाल रेडक्रस सोसाईटी मकवानपुरका मन्त्री खेमराज सापकोटाले जानकारी दिए । सापकोटाको अनुसार दुर्घटनामा धितालका छोरा अनुज धिताल तथा चालक राजन घिमिरे गम्भिर घाईते भएका छन भने उनको छोरी वर्षा धिताल पनि घाईते भएकि छिन् । उनीहरुको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको सापकोटाको भनाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।