File photo

१५ असार । अमेरिकामा कोरोना संक्रमितको संख्या २६ लाख नाघेको छ । यँहा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या २६ लाख ३७ हजार ७७ पुगेको छ । यसैरि अमेरिकामा पछिल्लो २४ घण्टामा २८५ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । यो संगै अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख २८ हजार ४३७ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो समय भने मृत्यु हुनेको संख्यामा कमी आएको तर, संक्रमणदर उच्च रहेका कारण थप भयावह स्थिति आउन सक्ने अधिकारीहरुले बताएका छन् । १० लाख ९३ हजारभन्दा बढी संक्रमित उपचारपछि कोरोना मुक्त भएर घर फर्किएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।