एजेन्सी, १४ असार । स्पेनिस ला लिगामा आज उपाधि दाबेदार मानिएको रियल मड्रिडले आफ्नो ३२औं खेल खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने उक्त खेलमा रियलले स्पान्योलसँग खेल्न लागेको हो ।

रियल शीर्ष स्थानमा उक्लिने योजनासहित स्पान्योलको मैदानमा प्रतिस्पर्धामा उत्रिनेछ । हाल रियल ६८ अंकका साथ दोस्रो स्थानमा छ । रियलभन्दा एक खेल बढी खेलेको बार्सिलोना ६९ अंकका साथ शीर्ष स्थानमा छ ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोना गए राति सेल्टा भिगोसँग २-२ गाेलकाे बराबरीमा रोकिएसँगै रियललाई २ अंकको अग्रता बनाउने अवसरसमेत रहेको छ । यसैले आजको खेलमा रियल जितकै खोजीमा रहनेछ । नतिजा बराबरी भए पनि ऊ ‘हेड टू हेड’का आधारमा शीर्ष स्थानमा उक्लिनेछ । यता, रियलको आजको प्रतिद्वन्द्वी क्लब स्पान्योल भने पुछारको टोली हो । ऊसँग २४ अंक रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।