असार १२ – केही दिनदेखि निरन्तर वृद्धि भइरहेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज
छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५ सयले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने ९ सय ४० रहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।