असार ११ – बलिडउ अभिनेता सुशान्तसिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाँच जना डाक्टर मिलेर गरिएको पोस्टमार्टमपछि सार्वजनिक गरिएको रिपोर्टमा झुण्डिएपछि श्वास फेर्न गाह्रो भएर मृत्यु भएको उल्लेख गरिएको छ।

रिपोर्टमा बाह्य वस्तुबाट कुनै छेडाखानी भएको देखिएको छैन। १४ जुनमा आत्महत्या गरेका सुशान्तको मृत्यु रिपोर्ट ११ दिनपछि आएको हो।

भिसेरा रिपोर्टको पखाईमा प्रहरी

पोस्टमार्टम रिपोर्ट आएपनि सुशान्तको भिसेरा रिपोर्ट आउन बाँकी छ। घटनाबारे छानबिन गरिरहेको प्रहरी अब उक्त रिपोर्टको पखाईमा छ। मुम्बई प्रहरीले महाराष्ट्र फोरेन्सिक विभागलाई यो केशको रिर्पोट चाँडो दिन अनुरोध गरेका छ।

उनको हत्या गरिएको हुनसक्ने भन्दा परिवारले घटनाको छानबिन गर्न सीबीआईसँग माग गरेका थिए। आत्महत्याको कारण भन्दै वकील सुधीर कुमार ओझाले सलमान खानसहित निर्माता तथा निर्देशकहरू करण जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषणकुमार र निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा दायर गरेका छन्। जसको छानबिन समेत भइरहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।