असार ११ – संसारमा पाँच महासागर छन् । यी महासागरले धरतीको ७१ प्रतिशत भाग ओगटेका छन् ।

यी पाँच मध्ये सबैभन्दा ठूलो महासागर हो( प्रशान्त महासागर । यो विश्वको सबैभन्दा ठूलो र गहिरो महासागर हो ।तपाई मध्ये धेरैलाई थाहा छैन होला कि प्रशान्त महासागरले एशिया र अमेरिकालाई छुट्याउँछ ।

प्रशान्त महासागरको क्षेत्रफल ६,३६,३४ हजार वर्ग माइल रहेको छ । यो विश्वको दोस्रो ठूलो महासागर अट्लान्टिक महासागरभन्दा पनि दुई वा त्यो भन्दा धेरै ठूलो छ ।

प्रशान्त महासागर फिलपिन्सदेखि पानामा क्यानलसम्म ९,४५५ माइल चौढाई छ र बेरिङ जलडमरुमध्यदेखि दक्षिण आर्कटिक सम्म १०, ४९२ माइल लामो छ ।

यति ठूलो क्षेत्रमा प्रशान्त महासागर फैलिएको कारण यहाँभित्र बसोबास गर्ने वनस्पति, पशु मानिसहरुको रहन सहनमा संसारको अन्य भागको महासागरभन्दा धेरै विविधता छ ।

प्रशान्त महासागरको औसत गहिराई १४, ००० फिटर छ र अधिकतम गहिराई ३६, २०१ रहेको छ । यसको पूर्वी र पश्चिम किनारमा ठूलो फरकपना छ । पूर्वी किनारमा पर्वतमाला छन् तर यसको पश्चिम किनारमा पर्वत छैनन्, धेरै द्वीप, खाडी, प्रायद्वीप र डेल्टाहरु छन् । यसको किनारामा विश्वका ठूला ठूला नदीहरु छन् जुन यहाँ आएर मिसिन्छन् ।

प्रशान्त महासागर त्रिभूज आकारको छ । यसको शिर्ष बेरिङ जलडमरुमध्यमा छ, जुन घोडाको खुरको आकृतिको छ । समुद्री छाल यहाँको विशेषता हो । यो महासागरको सतह, विशेषगरी पश्चिममा धेरै ठूला(ठूला लामो खाडीहरुले भरिएका छन् । जसमा मरियाना ट्रेन्च प्रमुख हो । यो विश्वको सबैभन्दा गहिरो गर्त हो यसको गहिराई १०, ९९४ मिटर यानी ३६, ०७० फिट रहेको छ ।

यी यति ठूला ठूला महासागरहरुको निर्माण कसरी भयो भन्ने कुरामा हालसम्म कसैले कुनै पनि वास्तविकता वा सिदान्तको खोज गर्न सकेको छैन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।