असार १० – सुनको मूल्य पुनः बढेको छ। बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।