हेटौँडा । मकवानपुरको एकजना युवा व्यवसायीको शव भेटिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १ भैरबडाँडामा व्यवसायी पवित्रमान श्रेष्ठको शब भेटिएको छ ।

हिजोँबाट सम्पर्कबिहिन रहेका उनलको शब फेला परेको मकवानपुरको प्रहरी प्रमुख (एसपी) शुसिलसिंह राठौरले खबरब्रेकलाई बताए । हेटौँडा ५ का ३२ वर्षका श्रेष्ठ घरजग्गा लगाएतका अन्य व्यवसायमा थिए । उनको शबसँगै बिसको बोटल समेत भेटिएको र उनले आत्महत्या गरे या हत्या भन्ने विषयमा अनुसन्धान जारी रहेको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।