असार ८ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । सोमबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । जसमध्ये ४६१ पुरुष र ७४ जना महिला रहेका छन् ।

उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा मोरङका १२, सप्तरीका १५, झापाका ३, धनुषका १०, महोत्तरीका १, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेलधुराका १५, डोटीका ७, गुल्मीका ५६, जाजरकोटका १, कैलालीका ५८, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २, सिरहाका २३, स्याङ्जाको ३३, पाल्पाका ९०, प्युठानका ३०, रौतहटका ३४, रुपन्देहीका १३, चितवनका ५, नवलपरासी पूर्वका २४, ओखलढुङ्गाका १, तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ । जससध्ये ८६६७ पुरुष र ८९४ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा ४७० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको छ ।जसमध्ये १९६१ पुरुष र १६१ महिला रहेका छन् । हाल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।