रामनारायण बिडारी , “शत्तामुखि राजनितिमा शोषणका निम्ती शासन,शासन निम्ती शोषण हुन्छ भने जनमुखि राजनितिमा अधिकारको निम्ती राजनिती तथा समाज हित निम्ती विकास,विकासको निम्ती समाज हुन्छ यहि चलाऔ ।” यहि भनाइले अन्ततः म राजनैतिक हिसावले रुदानेको निर्वाचनलाइ सघाउन रुदानेको वोलावटमा ०३८साल वैसाखमा हेटौडा पुगे । त्यसवेला हेटौडामा रुपचन्द्रको संपर्क थलो हरिकृष्ण विष्ट र शिव कार्कीको घर रहेछ ।

गोर्वधन थापा पनि वहाको मिल्ने साथी रहेछन । हेटौडाका राजथला परिवार रुपचन्द्रको प्रत्यक्ष सर्मथनमा थियो । त्यहि वसेर रुपचन्द्रका चुनावि कुरा सुनेर रुपचन्द्र कै भनाइ अनुसार उत्तरी क्षेत्र प्रचारमा हिडे । चुनावमा चाहिने पर्चा,घोषणापत्र,केहि इनामेल पनि मलाइ त्यहि घरवाट प्राप्त भयो । अल्लारे उमेर खर्च पनि थिएन अन्त जाने आटै आएन । टिष्टुङ्ग घरमा आए र दिन भरि गाउका साथीहरु संग वरिपरिका गाउमा पर्चा वेच्न गयोै । पर्चा वेच्ने, भित्तामा कमेरोले शुर्य चिन्ह वनाउने । कसै कसैलाइ कपडामा पनि थाहा लेख्ने तर त्यतिवेला लेख्न मान्दैनथे ।

अन्ततः चुनाव जितियो । त्यस समयमा रुपचन्द्रको प्रचारमा खास गरि दामनपालुङ्गका र हेटौडाका केहि परिवार मात्र प्रचारमा थिए । किनकि वहा व्यवस्थाको विरोधि,स्वभाव पनि विद्रोहि मान्छे डराउथे । रुपचन्द्रको नातामा भाइ पर्ने झलक चन्द्र नै सो चुनावको अर्को उमेदवार भएका थिए । वहाले पञ्चायतको सर्मथनमा पोष्टरिङ्ग गरि रहनु भएको थियो । कमल थापा दरवारिया उमेदवार , विभिन्न पञ्चेहरु पनि उमेदवार थिए । महीलामा विश्वकान्ती कलावति सुमार्गी पनि उमेदवार थिइन । सिट संख्या २ थियो मकवानपुरको । पुरै जिल्ला एक क्षेत्र थियो । अन्ततः नेगी जि र रुपचन्द्रले चुनाव जितेको घोषणा भयो । नेगी जिको जितमा पञ्चहरुले उत्सव मनाए । तर रुपचन्द्रले अविरे जात्रा नर्गन भन्नु भयो ।

२०४३ पछि मलाइ रुपचन्द्रले मकवानपुर जिल्लामा गै राजनिति गर्न प्रोत्साहित गर्नु भयो । काठमाण्डौ छोडन भन्नु भयो । यो कुरालाइ मैले स्विकार गरे । त्यस पछि मैले काठमाण्डौ छाडेर हेटौडा आधार वनाएर राजनिति संग संगै कानुन व्यवसाय पनि गर्न थाले । जनमुखि वकिलको कार्यालयनामको वकिल कार्यालय खोलि त्यसलाइ राजनितीको संपर्क थलो वनाएर मकवानपुर जिल्लाको तत्कालिन ४३ गाविस र एक नगरपालिकाको प्राय सवै वडामा पुग्ने गरि जनमुखि कार्यक्रमहरु राखियो । कम्युनिष्ट भन्न नपाइने भएकोले रुपचन्द्रले ०३८वाटै शव्द चयन गर्नु भएको थियो कि जनमुखि सहकर्मी यहि शव्दलाइ प्रयोग गरि जनमुखि राजनितिको नामवाट रुपचन्द्र संगै वा अन्य सहकर्मीहरु संग जिल्ला भ्रमणा गरियो ।

यो भ्रमण निर्वाचन समयमा मात्र हैन । वर्षीक रुपमा गरिन्थ्यो । हिउदे वर्षे जनमुखि सभा गाउ गाउमा हुन्थ्यो । ति सभाका रोचक र मननिय कुरा पछि लेखौला । चुनावका समयमा खास गरि ०४३को राष्टीय पञ्चायतका चुनावमा तत्कालिन पञ्चे र मण्डलेहरुले गुण्डा गर्दि गर्ने भएकोले शारिरिक रुपमा वलिया भएका मान्छे लिएर गाउ जान रुपचन्द्रले निर्देश गर्नु भएको थियो । सधै सो कुरा मिल्दैनथ्यो । तै पनि जनमुखि सहकर्मी अस्मीर,सिव, हरि, वलराम,जनक आदि मध्ये कोहि साथमा हुन्थे । गायकको रुपमा शुक्र,स्वस्ती,राजु,कमला,आदि हुन्थे ।

२०४३को चुनावमा रण संग्राम,हरिवोल महत,शिव राना,जनक वर्तौला,वलराम वल आदीले शारिरिक हमलाको राम्रोसंग प्रतिकार गर्न सक्षम थिए ,म त लुरे विचार र भाषण मात्र न हो । राजनैतिक रुपमा प्रमुख निति तय रुपचन्द्रले गर्ने र राजनीतिक रुपमा कार्यान्वयन गर्ने , सभा आयोजना गर्ने , सभाको प्रचार गर्ने , सभालाइ संवोधन गर्ने कार्य रुपचन्द्र विष्ट , रामनारायण विडारी,विश्वकान्ती कलावति,कृष्ण घिमिरे, रामहर सुवेदी, एकराज उप्रेति, अशोक शाक्य,धर्म राजथला आदीले गर्ने गर्दथे । शहरमा वैठकको खानपिनको , स्थानको व्यवस्थापन अजेय शुमार्गी,राधेश्याम विडारी,वद्री,रामचन्द्र,अशोक वानिया,शम्भु,मिश्र,आदीले गर्दथे ।

विद्यार्थी संगठन, मजदुर संगठन, किसान संगठन, नारी संगठन जनमुखिका नाममा संचालित थिए । जसको संचालनको जिम्मा रुपचन्द्रले मलाइ दिनु भएको थियो । वेला वेलामा प्रशिक्षण रुपचन्द्रले गर्नु हुन्थ्यो । गोप्य रुपमा कम्युनिष्ट पार्टिका नेताले पनि प्रशिक्षण गर्ने काम हुन्थ्यो । यसको व्यवस्थापनको काम मजदुर संगठनले गर्दथ्यो भने कहिले काहि गोप्य रुपमा सुमार्गीले पनि गरेका हुन्थे । २०३९ देखि २०४६ सम्म मकवानपुरमा दलिय अभ्यास थियो । देश भरमा निर्दलिय व्यवस्था चलेको थियो । जनमुखि सहयोग समिती नामवाट गाउ गाउमा समिती संगठित थिए । दल प्रतिवन्ध भएका कारण यस्तो गरिन्थ्यो ।

रापसको प्रतिनिधिको रुपमा म गाउ सभामा भाग लिन रुपचन्द्रको तर्फ वाट जान्थे । कहि कहि विवाद हुन्थ्यो । निर्दलिय व्यवस्थामा रापसले प्रतिनिधि पठाउन पाइदैन भनि पञ्चेहरुले वखेडा झिक्दथे । सरकारी सभामा समेत रुपचन्द्रको प्रतिनिधि रुपमा जनमुखि वक्ता रामनारायण विडारी प्रस्तुत हुन्थे । यहि समयमा हेटौडा नगर पालिकामा जनमुखि सहकर्मीको हैसियतमा अशोक वानिया प्रधान पञ्च,सम्भु भट्टराइ उप प्रधान पञ्च सहतिको नगरपालिका वोर्ड थियो । नवराज अर्याल,हरिवोल महत,सहितका वडा अध्यक्षहरु थिए । अजेय शुमार्गी,अमृत राजथला सहितको नगर सभासद थिए । यीनैवाट नगर पालिकाको नेतृत्व हुन्थ्यो । नगर जिल्लाको राजनिति रामनारायण विडारीले हेर्नु पर्ने जस्को निर्देशन, नियन्त्रण, संरक्षण रुपचन्द्रले गर्ने गरीएको थियो ।

यसरी मकवानपुर जिल्लामा निर्दल कालमा नै दलिय अभ्यास रुपचन्द्रले गर्नु भएको थियो । जस्मा हामि सहयोगी थियोै । यसरी २०३८ देखि २०४३ सम्म रुपचन्द्रको कार्यकर्ता अति कम, जनताको अति सर्मथन थीयो । ०४३ देखि ०४६ सम्म कार्यकर्ताको वृद्धी भयो तर जनमतमा खास वृद्धी भएन । ०४६ पछि रुपचन्द्र विरुद्धमा षडयन्त्र व्यापक सुरु भयो । यस पछि स्वार्थी कार्यकर्ताले पनि जनमुखि राजनितिवाट अलग हुन थाले । ०४७ पछि त माले,काग्रेस हुन पुगे । ०४८मा फेरी कार्यकर्ता कम भए । परीणामतः रुपचन्द्र ०४८मा हेटौडा क्षेत्रवाट हार खानु भयो । जित्ने वा वलियो भनिएको पालुङ्ग क्षेत्रमा रुपचन्द्रले मलाइ उठाउनु भयो । त्याहा वाट पनि हार भयो । त्यस पछि त स्वार्थीहरु पाखा लागे , थोरै जनमुखि सहकर्मी वाकि भयौ । अनि रुपचन्द्रसंग छलफल भयो ।

नेकपा (जनमुखी) कसरी संचलन गर्ने । वहाले जनमुखि राजनिति नै उपयुक्त,वैज्ञानिक राजनिति हो । यसैलाइ संचलन गर । सक्दैनोेै भने मात्र विकल्प खोज भन्नु भयो । हामिले प्रयत्न ग¥योै । तर कम्युनिष्ट पार्टि संग सहकार्य गरेर जानु नै समयानुकुल श्रेयकर हुने ठहर गरि वहालाइ भनियो , वहाले वैधानीक रुपमा संयुक्त जनमोर्चासंग एकता,एक्यता,एकवद्धता जो जे गर्नु पर्छ गरे हुन्छ (जनमोर्चाको मातृ दल भुमीगत पार्टि एकता केन्द्र हो ) भनि म विडारीलाइ निर्देशन दिनु भयो । अनी रामनारायण विडारीले नेकापा (जनमुखिको ) महासचिव हैसियतले निर्णयानुसार नेकपा (एकताकेन्द्र)संग संयुक्त वक्तव्य जारी गरि एकिकरण गरियो । यसैको परिणामनुसार आज हामी नेकपा(नेकपा)मा छौ ।

यहा पनि जनमुखि राजनिति र थाहा दर्शनका कुरा ढुक्क राख्ने गरिएको छ । क.ओलिले भनेका थीए । एक सार्वजनिक कार्यक्रममा “अव पचास वर्ष पछि रुदानेलाइ समाजमा ठुलो दार्शनिकको रुपमा लिनेछन । वहाको सिद्धान्त प्रचारित हुनेछ । त्यस अगाडि वहाको धेरै मर्यादा संमान हुदेैन किनकि वहाका समकालिनहरु अझै जिउदै छन । वहाले तिनिहरुलाइ घोचीलो प्रहार गरेर भित्तामा पु¥याएका मान्छे वहालाइ अझै इर्षा गर्दैछन । पचास वर्ष पछि ति सवै विति सक्दछन । नया पिडीको उदय हुन्छ । राजनिति पनि तिन्कै नेतृत्वमा हुन्छ । अनि वहाका कुराको व्याख्या निष्पक्ष तरिकावाट हुन्छ र सो कार्यन्वयन निम्ती प्रयास हुन्छ ।”

रुदानेले २०४२मा निर्दलिय व्यवस्था निर्दयी व्यवस्था हो । वहुदलिय व्यवस्था वहुला व्यवस्था हो । यी दुवै व्यवस्था फालेर जनतालाइ जनमुखि व्यवस्था चाहिन्छ भन्नु भएको थियो । जनताको जनवाद भन्ने कुरा यहि हो । यो भन्न राष्टीय पञ्चायतमा मिल्दैनथ्यो । तसर्थ जनताको जनमुखि राजनितिको कुरा गरिएको हो ।

अधिवक्ता रामनारायण विडारी राष्ट्रिय सभाका सांसद हुनुहुन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।