काठमाडौं, असार ७ ।अभिनेत्री निरिषा बस्नेतले कोरोना मुक्त भएकी छन् । गएको दुई हप्ताअघि छातीमा समस्या देखिएपछि कोरोनाको शंका लागेर उनले आरटीटी परिक्षण गराएकी थिइन् । उक्त परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । निरिषाले कोरोना जितेर घर फर्किएकी छन्।हाल उनी बलिउड प्रवेशका लागि भारतको मुम्बईमा गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएकी थिइन् । उनले अस्पताल बसाईको क्रममा इन्स्टामा एक भिडियो सेयर गर्दै कोरोना संक्रमण हुँदाको अनुभव पनि साटेकी थिइन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।