जेठ ३० – ट्‍विटरले १ लाख ७० हजारभन्दा बढी चीन समर्थित एकाउन्टहरु हटाएको छ । ट्विटरले उक्त एकाउन्टहरु चीन समर्थित सन्देशलाई फैलाउने उद्देश्यका लागि एक मिसनमार्फत् सञ्‍चालन भएकाले हटाइएको जनाएको छ ।

जसमध्ये केही पोस्टहरु कोरोना भाइरस प्रकोपको विषयमा रहेको बताइएको छ । ट्विटरले भनेको छ, (२३ हजार ७५० कोर नेटवर्क) का अधिक सक्रिय एकाउन्टसँगै अन्य १ लाख ५० हजार सहायक एकाउन्टहरु डिलिट गरिएका छन् ।’त्यसैगरी एक हजारभन्दा बढी रुस(आधारित गलत सूचना पर्वाह गर्ने एकाउन्टहरुसमेत बन्द गरेको ट्विटरले जनाएको छ ।

पिपुल्स रिपब्लिक चाइनास्थित ती एकाउन्टहरुले हङकङको राजनीतिक अवस्थाबारेसमेत अप्रेसन चलाएका थिए ।

अघिल्लो साता ट्विटर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गलत दाबी गरेको आरोप लगाउँदै ट्विट हाइड गरेको थियो । – बीबीसी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।