डा. डीबी मोक्तान । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. ओलीको व्यक्तिवादी अहंकार र एकपछि अर्को सृँखलाबद्ध भ्रष्टाचार निरन्तर चुलिदै जांदा कुनैपनि बेला पार्टी खतरामा पर्ने भएको हुँदा के.पी. ओलीलाई लगाम लगाउन एक व्यक्ति एक पदको अवधारणालाई मुख्य एजेण्डा बनाउंदै सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आफ्नै दलको स्थायी कमिटि र संसद सचिवालयमार्फत छिटो भन्दा छिटो बैठक बोलाउन दवाव दिएपछि ठूलै संकटमा परेको महशुस गरी यस संकटबाट मुक्ति पाउन प्रधानमन्त्री ओलीले आफ्नै दलको ४० प्रतिशत सांसद फुटाउने र मधेशवादी दल राजपा र समाजवादी फोडेर आफ्नो दलमा सामेल गरी अर्को शक्तिशाली दल निर्माण गर्ने र प्रचण्ड गुटलाई पाखा लगाउने योजना अनुरुप मन्त्रि परिषदलाई थाहै नदिई चोरबाटोबाट अध्यादेश ल्याइएको थियो । त्यत्ति नै बेला समाजवादी पार्टीको नेता डा. सुरेन्द्र यादवलाई उनको आफ्नै गृह जिल्ला महोत्तरीबाट नेकपा नेता महेश बस्नेतको टोलीले रातारात अपहरण गरी काठमाण्डौ ल्याई होटल म्यारिडमा राखियो । तर विहान पाँच बजेतिर मोर्निङ वाकको बहानामा आफ्नो पिएसओलाई समेत थाहा नदिई त्याँहाबाट भागेर पार्टी नेताको सम्पर्कमा पुगेपछि परिस्थितिले अर्कै मोड लिएको थियो ।

जानकारहरु भन्छन् डा. सुरेन्द्र यादव आफै के.पी. ओलीले फालेको मन्त्रीपदको बल्क्षीमा अल्झिन पुगेको हो । उनीभन्दा पहिले नै समाजवादी पार्टीका नेता उमाशंकर अर्गहरी, रेणु यादव, मोहम्मद इस्तियाक राई, दानबहादुर वि.क. र अन्य केही नेताहरु बल्क्षीमा अल्झिएर ओलीको सम्पर्कमा आइसकेका थिए । तर सुरेन्द्र यादवको निर्णय अन्तिम हुनेहुँदा उनलाई सुरक्षितसाथ ल्याउन बडीगार्डको रुपमा पूर्व आइजीपी सर्वेन्द्रनाथ खनाललाई महेश बस्नेतको साथमा खटाइएको हो । अपहरण गरेको होइन । बरु बाबुराम भट्टराइले नै ओलीको पक्षमा जाला भनेर यादवको अपहरण गरेको हो । तर संजोगवश अपहरण भएकै दिनको मध्यरातमा समाजवादी पार्टी र राजपा एकिकृत भएको खबर आएपछि सुरेन्द्र यादव दोधारमा परी बाबुरामको सम्पर्कमा पुगेको हुन सक्छ भन्ने अडकलबाजी पनि गरियो । तर जस्ले जेसुकै भनेपनि अपहरण चांही ओलीकै षडयन्त्र थियो । समाजवादी पार्टी र राजपा एकिकृत भएको खबरले त्यत्ति नै खेर मुलुकभरी नयाँ तरङ्ग ल्याएको थियो तर गृहकार्य बाँकी रहेकोले निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

वि.सं. २०७७ जेष्ठ २५ गते दुवै पार्टीको सहमतीमा निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको नामले दर्ता भएको छ । नेपालको वर्तमान राजनीतिक परिदृश्यमा यो तेश्रो ठूलो शक्तिशाली पार्टी हो । २०७७ जेष्ठ २५ को यस ऐतिहासिक कदमबाट उदय भएको जनता समाजवादी पार्टीलाई तराई, पहाड र हिमालसम्मको आदिवासी जनजाती, मधेशी, थारु, खस आर्य, मुस्लिम, दलित, थिचिएका, मिचिएका, सर्वहारा, बेरोजगार शिक्षित युवा तथा अति सिमान्तकृत एवं यौनिक अल्पसंख्यक समुदायको हकअधिकार प््रााप्तीका लागि दृढ संकल्प लिएर काम गर्नुपर्ने अभिभारा थपिएको छ । यस अघि यहि अभिभारा दुवै पार्टीले अलग अलग धारबाट लिंदै आएका थिए । दुई पार्टीको एकिकरण पश्चात् हामी सम्पूर्ण कार्यकर्ताहरुमा नयाँ जोश र जाँगर भरिएको छ । हिजोसम्म क्षेत्रिय पार्टी भन्नेहरुको लागि हामी चुनौती भएर आएका छौं । तराई, पहाड र हिमालको जुनसुकै क्षेत्रमा पनि देश विकास तथा जनताको समानुपातिक समावेशीको अधिकार सुनिश्चित गराउन सक्षम् छौं भन्ने सन्देश हाम्रा सम्पूर्ण देशभक्त पार्टी कार्यकर्ताहरुलाई स्मरण गराउन चाहन्छौं ।

भनिन्छ आफ्नो माना खाएर अर्काको गाना नगाउनु । तर के गर्नु कहिलेकाँही परिस्थिति त्यस्तै आइलाग्दो रैछ । वि.सं. २००८ मा मातृकाले कोशी बेचेपछि २०१५ मा गिरिजाले गण्डक बेच्यो । त्यसपछि नेपालका नदीनालाहरु बेचेर प्राप्त कमिशनबाट राजनीति गर्ने क्रम सुरु भयो । २०४६ को जन आन्दोलनले पंचायती व्यवस्थाको ठाउंमा बहुदलिय व्यवस्था स्थापना ग¥यो । जनताको शासन कायम भयो । देशमा खुशी छायो । त्यसपछि काँग्रेसले कहिले एकलौटी त कहिले मिलिजुली सरकारको नाउंमा लामो समयसम्म शासन चलायो । त्यसैबेला ट्रेड युनियनको नाउंमा आ–आफ्नो पार्टीले कार्यकर्ता भर्ना गर्ने अभियान पनि चलायो । तत्पश्चात् कलकारखाना तथा उधोगहरु राजनीतिक अभ्यासको थलो बन्यो र उत्पादकत्व क्षमता धाराशायी बन्दै गयो । विदेशी शक्तिहरुले चाहेको जस्तै परिस्थिति सृजना भएकोले नेपाली उधोगहरु निजीकरण गर्न नेपाली काँग्रेसलाई उक्सायो र भयो पनि त्यस्तै । वि.सं. २०५२ मा नेकपाका प्रधानमन्त्री मनमोहनको नौ महिने शासनकालमा राजनीतिक भागबण्डा नमिलेपछि कम्युनिष्ट भन्ने केही नेताहरु जंगल पसे । पछि तिनीहरुले नै माओवादी जनयुद्धको नाउंमा गृहयुद्धको घोषणा ग¥यो र २०६२ सालसम्म रह्यो । २०५३ मा शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा रामचन्द्र पौडेल, माधव नेपाल, प्रदीप ज्ञाँवाली र केपी ओली आदि मिलेर महाकाली बेच्यो । महाकाली भारतलाई दिएवापत बार्षिक एक खरब बीस अरब रुपैयाँ नेपाललाई प्राप्त हुन्छ भनेर ओलीले घोषणा गरेको थियो । त्यो रकम कता गयो । त्यसको भर्पाई नेपाली जनताले खोज्न बाँकी नै छ । काँग्रेसकै शासनकालमा विद्युत परियोजनाको नाउँमा त्रिवेणी भैंसालोटन, टनकपुर र पंचेश्वरको भूमी लगायत थुप्रै नदीनालाहरु बेचिए । त्यतिमात्र होइन पूर्व राजाहरुको पालामा बनेको कलकारखाना तथा उधोगहरु समेत चौपट पारे । वि.सं. २०७३ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएको बखत करोडौं कमिशन खाएर एमसीसी प्रोजेक्ट मार्फत राष्ट्रघाती सम्झौता गरे । अहिले यो देश धरापमा परेको छ । यो सम्झौताले नेपालको स्वाधिनता, सावभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता सबै खानेछ र सिरिया, लिविया, इराक, इरान, अफगानिस्तान, इजरायल जस्तै बनाई छाडनेछ हामीलाई । यदपि अमेरिका हाम्रो दुश्मन होइन । अमेरिकालाई सम्मान गर्छौं तर सम्झौतामा रहेको राष्ट्रघाती बुंदाहरु खारेज गरिनु पर्दछ । होइन भने ५५ अरब सहयोग चाहिदैन भनेर नेपाली जनताले बिन्ति बिसाउंदा पनि एमसीसी प्रोजेक्ट लागु गर्न अमेरिकाको दवाब र लागु गरिछाडने देउवा र ओलीको राष्ट्रघाती अडानले देश कता जाँदैछ भन्ने सोंच्नु अति जरुरी भएको छ । सुन्दैछु जनता समाजवादी पार्र्टीका केही नेतागणहरु पनि देउवा र ओलीकै पदचाप पछयाउँदै छन् । होशियार ! यस्ता राष्ट्रघाती काम हाम्रो पार्टीले कहिल्यै गर्नेछैन नत्र हाम्रो पार्टीबाट जनताको विश्वास सधैंको लागि टुटनेछ । किनकी नेकाँ र नेकपाले जनताको विश्वास गुमाइसकेको छ । देश हाँक्ने काम अब हाम्रो पार्टीको हो ।

दशबर्षे जनयुद्धको नाउंमा झण्डै १७००० मानिस अकालमा मारिए, खरबौंको भौतिक सम्पति खरानी पारियो, अरबौं रुपैयाँ लुटियो । उठ्नै नसक्ने गरी देश थलियो । राज्य नै ध्वस्त भएपछि कलकारखाना र उधोगहरु धाराशायी हुनु र बेरोजगारी समस्या सृजना हुनु स्वभाविकै थियो । अन्ततः युवाहरु विदेशिनु वाध्य भए । विदेशिनु आफैमा समस्या हो तर समाधान गर्ने कर्तव्य त सरकारको हो नि ! अहिलेसम्म ग¥यो के ? वि.सं. २०६२÷०६३ मा माओवादी जनयुद्ध शान्ति प्रकृयामा आइसकेपछि जनताको नयाँ संविधान निर्माण गर्न वि.सं. २०६४ मा पहिलो सम्बिधान सभाको चुनाव गराइयो तर सम्बिधान बनेन । अर्को चुनाव वि.सं. २०७० मा गराइयो । खरबौं रुपैयाँ सकियो । वि.सं. २०७२ मा सम्बिधान त बन्यो तर जनताले चाहेको जस्तो सम्बिधान बनेन । तत्कालिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका केही सीमित नेताहरुको संलग्नताबाट बनाइएको उक्त सम्बिधान अन्य स–साना राजनीतिक पार्टी, आदिबासी जनजाती, मधेशी, थारु, मुस्लिम, दलित, खान नपाएका, थिचिएका, मिचिएका गरिब, सर्बहारा, किसान, मजदूर, सीप र शिक्षा भाका तर रोजगार नपाका देशभक्त युवाहरुका लागि सुहाँउदो थिएन । त्यसैले चौतर्फी विरोध हुँदाहुँदै पनि २०७२ को सम्बिधान लागु गराइयो । तथापि त्यतिखेरै देखि सम्बिधान सँशोधनको लागि समाजवादी पार्टी, राजपा नेपाल, स–साना राजनीतिक दल तथा आदिबासी जनजाती, मधेशी, थारु, मुस्लिम, दलित, गरिब, किसान, मजदूर तथा बेजगार देशभक्त युवाहरु आफ्नो पहिचानसहित बाँच्न पाउने अधिकारको लागि आवाज उठाइरहेका छन् ।

ओलीको मतियारीमा मदन भण्डारी हत्या काण्ड र महाकाली सन्धि कहिल्यै नबिर्सिने ऐतिहासिक घटना हुन भने प्रधानमन्त्रीत्व कालमा घटेका भ्रष्टचार काण्डहरु मध्ये ३३ किलो सुन काण्ड । एनसेलको ७२ अरब भ्रष्टाचार काण्ड । निर्मला हत्या काण्ड । चार अरबको वाइडबडी काण्ड । सरकारको प्रवक्तासमेत रहेको सूचना तथा संचारमन्त्री गोकुल बांस्कोटाको ७० करोड काण्ड । ललिता निवास जग्गा काण्ड । यति होल्डिङ इन्टरनेशनल काण्ड । कोरोना भाइरस रोकथामको औषधि खरिद काण्ड, भ्रष्टाचार गर्ने ओम्नी समुह र स्वास्थ्य मन्त्रालयको महानिर्देशक महेन्द्र श्रेष्ठलाई कार्वाही नगरेको । लकडाउनको बेला राहत बाँडने बहानामा ८० करोड घोटाला गरेको । भोकै मरिरहेको मानिसलाई राहत बाँडने दयालु हातहरुलाई कुट्ने, चुट्ने, थुन्ने जस्ता अति अमानवीय, घृणित र घटिया काम गरेको । कोरोना भाइरस चेकजाँच तथा रोकथामको उपकरण, औषधि खरिद तथा क्वारेन्टाइन निर्माणको नाममा सरकारी कोषको १० अरब हिनामिना गरेको । विदेशमा रहेको लाखौं युवाहरु कोरोनाकै कारण मरिरहंदा स्वदेश आउने व्यवस्था गर्न नसकेको । बेरोजगारहरुलाई तुरुन्त रोजगार दिने, उधोग कलकारखाना तथा दीर्घकालिन विकासतर्फ कुनै सोंच नराखी कुर्सी बचाउने खेलमा देश डुबाएको । अहिलेसम्म नयाँ उधोगको कुरै नगरौं बन्द भएको एउटा पनि उधोग संचालनमा ल्याउन नसकेको । देशको सार्वभौम जोगाउन अन्तरराष्ट्रिय ख्याती प्राप्त सेनालाई व्यपारी जस्तो डिजेल र पेट्रोल बेच्न लाउने, ठेकेदार जस्तो बाटो खन्न लाउने, औषधि खरिद गर्ने, भ्रष्ट नेताहरुको गुलामी, सलामी र मलामी जान वाध्य बनाइने जस्ता घृणित काममा खटाई मातृभूमीको रक्षा गर्ने सगरमाथा जस्तो अदम्य साहसको अपमान गरेको । हतियार चलाउन नजान्ने पुलिस र सशस्त्र सिपाहीलाई खिया लागेका थोत्रा राइफल भिडाई सीमा सुरक्षामा पठाएर जग हँसाउने काम गरेको । राष्ट्रवादको उग्र नारा लाउने तर राष्ट्रिय गुप्तचर विभागलाई अपाङ्ग बनाई कालापानी, लिपुलेख हुँदै मानसरोवरसम्म १९,२० किमी भारतीय मोटर बाटो १२ बर्षदेखि खन्दा र दोलखा, गोरखा, सगरमाथाको सीमा च्याप्दा पनि थाहा नभएको । एमसीसीको नाममा अरबौं कमिशन खाएर अमेरिकालाई देश बेच्ने राष्ट्रघातीे काम गरेको आदि । वास्तबमा यि हुन् नेपाली इतिहासको सबैभन्दा बदनाम पात्र ।

अतः नेपाली काँग्रेस र नेकपाको नेताहरु देशद्रोही, राष्ट्रघाती र देश बेचुवा दलालहरु हुन् भन्ने प्रमाणित भैसकेको छ । यिनीहरुको राजनीतिक भविष्य सकिसक्यो । एमसीसीको कमिशनसंगै सती जांदैछन् यिनीहरु । त्यसैले हाम्रा श्रद्धेय नेताहरु त्यस्ता राष्ट्रघाती दलालहरुको पछि लाग्ने छैनन् । हामीलाई थाहा छ जनता समाजवादी पार्र्टीका नेतागणहरु देउवा र ओलीजस्ता राष्ट्रघातीे र भ्रष्टचारी पक्कै होइनन् । राजनीतिक रुपमा आफुलाई पहिचान सहितको राष्ट्रवादी, देशभक्त, संघीयतावादी, समाजवादी, लोकतन्त्रवादी, जनताको दुखमा साथदिने तथा तराई, पहाड र हिमाल जोडने गोैरवशाली पार्टीको नेता हो भनेर जनताको मन जित्न आफुलाई समर्पन गर्ने बेला यहि हो । तर दुर्भाग्य ! अतिक्रमित भू–भाग फिर्ता ल्याउन, नक्शा निशाना छापमा राख्न राष्ट्रिय सहमती जुटाउँ भन्दा नागरिकता विधेयक, सिमाना हेरफेर, समानुपातिक समावेशी जस्ता अन्तर्निहित मुद्दालाई अगाडी सारेर अन्तरराष्ट्रिय सीमाको मुद्दालाई ओझेल पार्ने काम भाको छ, त्यसो गर्दा हामीप्रति नेपाली जनताको दृष्टिकोण कस्तो रहला भन्नेतर्फ पनि सोंच्ने हो की ? भारत हाम्रो दुशमन होइन । तर जमीन अतिक्रमण गरेकै हो । जंगे पिल्लरहरु रातारात सारेर नेपाली भूमी कब्जा गरेकै हो । दशगजामै बाँध बाँधेर नेपाली भूमी डुबानमा पारेकै हो । यो हामी सबैलाई थाहा छ । त्यसैले यस्ता अमर्यादित कार्य रोक्न तथा मिचिएको जमीन फिर्ता ल्याउन दुईपक्षीय वार्ता टोलीले छिनोफानो गरे भैगोनी । तर त्यसो गर्न भारत तयार छैन भन्ने पनि हामीलाई थाहा छ । किनकी गलती उसैको हो । यसर्थ हाम्रो पार्टीले दुईपक्षीय वार्ताको पहल गर्दा हाम्रै पार्टीको इज्जत बढने थियो, होइन र ? त्यसो गर्नसके भारतसंगको सम्बन्ध पनि नबिग्रिने र नेपालको मिचिएको भूमी पनि फिर्ता हुने र नेपाली जनताको माया, सदभाव र विश्वास पनि जित्न सकिने देखिन्छ । “छिमेकीले दुख दिइरहयो । छिमेकीसंग झगडा गर्नु राम्रो होइन भनेर आफ्नो देशको सुरक्षार्थ सीमाङ्कन गरी तारबार गर्नु पर्छ भनेर नेपाली जनताले नै ओली सरकारलाई दवाव दिएको हो । तर हाम्रै नेताहरु विरोध गर्दैछन, किन ? हामी नेपालीले आफ्नो भूमीको सुरक्षा गर्न तारबार लाउन नपाउने नै हो त ?”

लिम्पियाधूरा देखि मानेभन्ज्याङसम्म र सगरमाथा देखि हुम्लासम्मको अतिक्रमित भूमी ओलीे सरकारको मात्र होइन हामी ३ करोड नेपाली जनता र जनताको लागि काम गर्ने सबै राजनीतिक पार्टीको सरोकारको विषय हो भन्ने बुझ्नु जरुरी छ । उसले त लिम्पियाधूरा हाम्रो होइन, मानसरोवरसम्मको बाटो खनेको पनि थाहा छैन, सगरमाथा कुल्चेको पनि थाहा छैन भनेर मस्त निदाइरहेको व्यक्ति हो । देशभक्त नेपालीहरुले आवाज उठाएपछि मात्र ब्युँउभिएको नाटक गरेको हो उस्ले । आगामी चुनावको आधारस्तम्भ तयार पार्न नक्कली राष्ट्रवाद देखाइरहेको छ । तपाइहरुलाई थाहा छैन र ? यसको मतलव अतिक्रमित भुभाग चाहिदैन भन्न खोजिएको होइन । ओली त सीमा सम्बन्धी घटनाको प्रतिनिधी पात्र मात्र हो । प्रधानमन्त्री भएपछि पछाडी हटन पाइदैन, त्यसैले उभिन बाध्य भएको हो । यसकारण सीमा सम्बन्धी विरोध गर्नु भनेको तीन करोड नेपालीहरुको विरोध गर्नु हो, राष्ट्रघात गर्नु होे भन्ने मेरो बुझाई हो । तपाइहरु पनि प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री भैसक्नु भाको व्यक्तित्व हो । नेपालको जमीन मिचिदा तपाइहरुको मन दुखेन ? तपाइहरुलाई मातृभूमीको माया लागेन ? अतिक्रमित भू–भाग फिर्ता ल्याउन कसले छेक्यो ? भनेर आगामी दिनमा हाम्रा कार्यकर्ताहरुले प्रश्न उठाउन सक्दैन र ? त्यसबेला के जवाफ दिनुहुन्छ ? त्यसैले हाम्रा श्रद्धेय नेताहरुले हिजोको क्षेत्रिय मानसिकता त्यागौं । जनताको लागि राजनीति गर्ने हो भने मधेशवादी चिन्तन र क्षेत्रिय राजनीति भन्दा माथि उठौं । तराई देखि हिमालसम्मको जनतालाई सुहाउने योजना तथा कार्यक्रम ल्याऔं र कर्मथलोमा लागौं । अरुको विरोध गरेर समय खेर नफालौ । राष्ट्र विखण्डन तथा जनताको मन दुख्ने अभिव्यक्ति नदिऔं किनकी जनता नै सबैथोक हो ।

भारत हाम्रो असल छिमेकी हो र असल छिमेकीको सहयोगमा निस्वार्थ भावना हुनु जरुरी छ तर सहयोगको नाउंमा अरुको स्वाधिनतामा दखल गर्न पाइदैन । सानो देश भनेर हेप्न पाइदैन । मिचिएको भूभाग नेपालले फिर्ता पाउनु पर्छ । यस विषयमा हाम्रो पार्टीको सबै नेता सहमतै हुनुहुन्छ । हाम्रै पार्टीको पहलमा समस्या सामाधान गर्न सकिन्छ । साथै एमसीसी दक्षिण एशियाकै लागि खतरा छ । नेपालमा प्रवेश मात्र ग¥यो भने पनि याँहाका लोभीपापी नेताहरुलाई रातारात किनेर देशै खाइदिन्छ । देउवा र ओलीको हर्कत यसका प्रमाण हुन् । किनकी एमसीसी प्रोजेक्टको नाउंमा देउवा र ओलीले करोडौं कमिशन खाएर देश बेच्दै छ । देशै नरहे के को राजनीति ? त्यसैले विरोध गर्ने नै हो भने एमसीसीको विरोध गरौं ।

अन्त्यमा, गौरवशाली जनता समाजवादी पार्टीको केन्द्रीय समितिको कार्यकारी अध्यक्ष पदमा सर्वसम्मतबाट चयन हुनुहुने हाम्रा श्रद्धेय नेता अध्यक्ष द्धय श्री महन्थ ठाकुर र उपेन्द्र यादव ज्यु, वरिष्ठ नेतामा चयन हुनुहुने श्रद्धेय नेता डा. बाबुराम भट्टराई ज्यु, श्रद्धेय नेता श्री अशोक राई ज्यु, संसदीय दलको नेतामा चयन हुनुहुने श्रद्धेय नेता श्री राजेन्द्र महतो ज्यु र कार्यकारी समितिमा चयन हुनुहुने सम्पूर्ण पदाधिकारी ज्युहरुमा मुरी मुरी शुभकामना । धन्यवाद ।

डा. डीबी मोक्तान
केन्द्रीय विज्ञ परिषद तथा केन्द्रीय सदस्य
मिति २०७७।०२।२७


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।