हेटौँडा ।मकवानपुरको थाहा नगरपालिका कोरोना भाइरस मुक्त भएको छ । थाहा नगरपालिकाको तीनजना कोरोना संक्रमितहरु डिस्चार्ज भएसँगै थाहा नगरपालिका कोरोना भाइरस मुक्त भएको हो ।

थाहा नगरपालिकाका स्थायी बासिन्दा एकजना बालक सहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर तिनजनानै थाहाका स्थायी बासिन्दा भएपनि उनीहरु बाहिरी जिल्लामानै कोरोना संक्रमित भएका थिए । संक्रमित तीनजना मध्ये एकजना पर्सा तथा दुईजना काठमाण्डौ बस्थे । तर काठमाण्डौमा बस्ने दुईजना भने थाहामा आउजाउ गरिहेका थिए । सोहि कारण उनीहरुसँग सम्पर्कमा भएका करिब दुई दर्जन बढिको पिसिआर परिक्षण समेत गरिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।