हेटौंडा,२० जेठ ।  गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान प्रदेशको स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेट अनुसार नयाँ संक्रमितमा स्याङजा जिल्लाका ५ जना र पर्बत जिल्लाका ५ जनामा कोरोना पुष्टि भएको छ ।

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २० का १ जना पुरुष गरि स्याङ्जा जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

parbatbi


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।