File photo

२० जेठ । अमेरिकामा कोरोना भाइरसका कारण १ लाख ६ हजार ९१९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६२३ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९१९ पुगेको हो ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २१ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख ५८ हजार ६३७ पुगेको छ ।

कुल संक्रमितमध्ये ६ लाख १२ हजार ६४९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ३९ हजार ७२ जनामध्ये १६ हजार ९४७ जनाको अवस्था गम्भीर रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।