हेटौँडा,१९,जेठ ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमित हेटौंडा–४ की ५४ वर्षीय दुर्गा पौडेलले कोरोनालाई जितेकी छिन् । खबरब्रेकलाई जानकारी दिँदै पौडेलका श्रीमान तथा संविधानसभा सदस्य अनन्त पौडेलले आजमात्र आफ्नी श्रीमतिको कोरोनाको अन्तिम रिर्पोट पनि नेगेटिभ आएको बताए ।

गत जेठ ९ गते कोरोना पुष्टि भएकि पौडेल काठमाण्डौमा उपचाररत रहेकि थिईन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भएको थियो । खबरब्रेकसँग कुरा गर्दै सभासद पौडेलले भने : हामी सबैजनाले कोरोनालाई जितेका छौ, श्रीमती जिको भोली डिस्चार्ज हुन्छ । उहाहरुले आजै डिस्चार्ज गर्ने भनेको भएपनि साँझ परिसकेको कारण भोलीमात्र डिस्चार्ज हुने उनले बताए । यो संगै कोरोना संक्रमणलाई पराजित गर्नेको संख्या २ पुगेको छ भने मकवानपुरबाट ५ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।