हेटौँडा,१९, जेठ ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ की थप एकजना ६१ वर्षकी महिलामा कोरोना भाईरस पुष्टि भएको छ । हेटौँडा अस्पतालबाट गत जेठ १५ गते रिफर भएकि उनिमा कोरोना पुष्टि भएको हेटौँडा अस्पतालका डाक्टर हरि खबड्काले खबरब्रेकलाई बताए ।

मुटु रोगकको उपचारको लागि आएकी उनलाई काठमाण्डौँ रिफर गरिएको थियो । उनलाई नर्भिक अस्पतालमा कोरोना पुष्टि भएको हो । उनको विषयमा थप बुझीरहेको डाक्टर खड्काले बताए ।।