हेटौँडा,१९,जेठ ।
आजैमात्र कोरोना पुष्टि भएकी हेटौँडा उपमहानगरपालिका वडा नबर ४ की एकजना महिला गत जेठ १५ गते हेटौँडा अस्पतालबाट रिफर भएकी महिला भएके खुलासा भएको छ ।

मुटु तथा नसाको समस्याको कारण अस्पतालमा उपचारको लागि आएकी महिलालाई सोहि दिन काठमाण्डौँ रिफर गरिएको अस्पतालका डाक्टर हरि खड्काले बताए । उनी त्यसपछि काठमाण्डौँको नर्भिक अस्पतालका भर्ना भएकि थिईन् । नर्भिकमानै उनीमा कोरोना पुष्टि भएको हो ।  महिलामा कोरोना पुष्टि भएपछि अस्पतालका एकजना डाक्टर तथा एकजना पारामेडिक्सलाई क्वारेन्टाईनमा पठाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।