सांकेतिक तस्विर

१९ जेठ । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान सुनवर्सी नगरपालिका–६ तालगाछी बस्ने ३० वर्षीया निरुतुकुमारी दासको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

आफ्नै मकै बारीबाट मकै लिई घर फर्किनेक्रममा बाटोमा आचानक चट्याङ लागेर उनी घाइते भएकी थिइन् । गम्भीर घाइते उनलाई उपचारका लागि रंगेली टाइम्स अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।