file photo

हेटौँडा ,१९जेठ । मकवानपुर जिल्ला स्थायी ठेगना भएकाहरुमा हालसम्म ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सरकारद्वारा पुष्टि गरिएको कोरोना संक्रमितहरुको तथ्यांक अनुसार हालसम्म मकवानपुरको थाहा नगरपालिका स्थायी घर भएका ३ जना तथा हेटौँडा उपमहानगरपालिका ठेगना भएका ४ जनामा कोरोना भाईरस पुष्टि भएको हो ।

थाहा नगरपालिका घर भई विरगञ्जमा कार्यरत एकजना, थाहा नगरपालिका वडा नंबर ७ घर भई काठमाण्डौँमा बसोबास गर्ने एकजना बालक, थाहा नगरपालिका वडा नंबर ११ नै घर भई हाल काठमाण्डौँमा बसोबास गर्ने एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी हेटौँडा उपमहानगरपालिका वडा नंबर १ घर भएकी एकजना महिला, हेटौँडा ४ नंबर वडाकी एकजना महिला तथा हेटौँडा ९ का एकजना पुरुष तथा हेटौँडा ४ कि ६१ वर्षीय महिलालाई पनि कोरोना भाईरस पुष्टि भैसकेको छ ।

उनीहरुमध्ये थाहा नगरपालिका निवासी  ३ जना तथा हेटौँडाकी एकजना महिला कोरोनामुक्त भैसकेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।