प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले ठूलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को-अर्डिनेटर मुकेश उपाध्यायले हस्तान्तरण गरेको हो । करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । चीनले सहयोग गरेको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् ।

त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइ आर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।

उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरू प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रूपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राई भन्छन्, ‘हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकहरुको कोरोना परीक्षण गर्ने प्रयासमा छौं, प्राप्त भएका सामाग्रीहरुले थप सहयोग पुगेको छ ।’ साथै सामाग्री उपलब्ध गराएको तीब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवादसमेत दिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।