Image may contain: Neupane Madhav

हेटौंडा,१९ जेठ । मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले आफुहरुले जेठ २१ गतेबाट प्रशासनको अवज्ञा गर्दै सबै ब्यवसाय सचालन गर्ने भनेर नभनेको बताए ।

खबरब्रेकसँग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष न्यौपानेले जेठ २१ बाट मकवानपुरमा बिहान ६ देखि ९ बजे सम्मको समयमा सबै व्यवसायहरु सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुर समक्ष आग्रह गर्नेमात्र भनेको बताए ।
देशमा जारी लकडाउनलाई अवज्ञा गर्ने आफुहरुको कुनै रणनीति नभएको भन्दै न्यौपानेले लकडाउनको कारण व्यापार व्यवसायहरु धरासयी बने पछि सुरक्षाको उपायहरु अबलम्बन गरि अन्य ब्यवसायहरु पनि केहि समयको लागि सञ्चालनको ब्यवस्था मिलाउन प्रशासनलाई आग्रह गर्नेमात्र निर्णय भएको जानकारी दिए ।

लकडाउन अवधिभर हेटौंंडामा बिहान ६ बजेबाट ९ बजेसम्म खाद्यन्न,तरकारी तथा अत्यावश्यक वस्तुहरु मात्र बिक्री बितरण हुँदै आएको मा अन्य सबैखाले ब्यवसायलाई पनि सोहि समयमा सावधानी अपनाई सञ्चालनमा ल्याउन सके ब्यवसायीहरु थप मर्कामा नपर्ने र सोहिको लागि मकवानपुर उद्योग वाणिज्य संघले पहल गर्ने उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।