जर्मनी बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले डसेलडोर्फ़माथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्नले ५-० गोल अन्तरले जित हासिल गरेको हो । बायर्नको जितमा रोबेर्ट लावानडोस्कीले २ गोल गरेका थिए भने बेन्जामिन पभार्ड र अल्फोन्सो डाभिसले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल डसेलडोर्फ़का माथियस जोर्गेनसेनले आत्मघाती गोल गरेका थिए ।

बायर्नले २९ खेलमा ६७ अंक हासिल गरेको छ भने लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको डोर्टमण्डभन्दा १० अंकले अगाडी रहेको छ । डोर्टमण्ड एक खेल कम खेल्दै ५७ अंक रहेको छ । त्यस्तै डसेलडोर्फ़को भने २९ खेलमा २७ अंक छ र लिगको १७औ स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।