अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या तुलनात्मक फेरी बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ५ हजार ५४८ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा २२ हजार ८५९ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १८ लाख १६ हजार १२२ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म ५ लाख ३० हजार ६४७ जना ठिक भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।