हेटौंडा ।  अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष २०७७÷७८ को लागि प्रदेश तथा स्थानिय तहलाई दिने बजेट रकम सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले समानीकरण,सर्शत,विशेष र समपुरक अनुदान शीर्षकमा सात वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपयाँ बजेट विनियोजन गरेको छ । यसैगरि मन्त्रालयले स्थानियतहहरुलाई ३ खर्ब ६३ अर्ब रुपयाँ बजेट विनियेजन गरेको छ ।

सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट रकममा मकवानपुरको १० स्थानियतहको लागि यस्तो छ आउँदो आर्थिक वर्षको लागि बजेटः

हेटौंडा उपमहानगरपालिकाः
बागमती प्रदेशको राजधानि समेत रहेको मकवानपुरको सदरमुकाम हेटौंडाको लागि आगामि आर्थिक वर्ष २०७७/७८ को लागि बजेट यस्तो छ ।
समानीकरण तर्फ : ३२ करोड ७५ लाख
सशर्त अनुदान तर्फ : ६६ करोड १४ लाख
कुल बजेट : ९८ करोड ८९ लाख रुपयाँ

थाहा नगरपालिका
समानीकरण तर्फ : १३ करोड ६ लाख
सशर्त अनुदान तर्फ :२५ करोड १५ लाख
समपुरक अनुदान : २ करोड
कुल बजेट : ४० करोड २१ लाख

बकैया गाउँपालिका
समानीकरण तर्फ : १२ करोड २३ लाख
सशर्त अनुदान तर्फ :२६ करोड ६५ लाख
कुल बजेट : ३८ करोड ८८ लाख

बागमती गाउँपालिका
समानीकरण तर्फ : १० करोड ८९ लाख
सशर्त अनुदान तर्फ : १९ करोड ८९ लाख
कुल बजेट : ३० करोड ७८ लाख

मकवानपुरगढी गाउँपालिका
समानीकरण तर्फ : ९ करोड ८९ लाख
सशर्त अनुदान तर्फ : २० करोड ४४ लाख
विशेष अनुदान : २ करोड २६ लाख
कुल बजेट : ३२ करोड ५९ लाख

भीमफेदि गाउँपालिका
समानीकरण तर्फ : १० करोड ६ लाख
सशर्त अनुदान तर्फ : १८ करोड ८१ लाख
विशेष अनुदान : २ करोड
कुल बजेट : ३० करोड ८७ लाख

ईन्द्रसरोबर गाउँपालिका
समानीकरण तर्फ : ७ करोड ३७ लाख
सशर्त अनुदान तर्फ : १० करोड ९२ लाख
विशेष अनुदान : १ करोड ६१ लाख
समपुरक अनुदान : १ करोड १६ लाख
कुल बजेट : २१ करोड ६ लाख

कैलाश गाउँपालिका

समानीकरण तर्फ : ९ करोड ३६ लाख
सशर्त अनुदान तर्फ : १६ करोड ३८ लाख
कुल बजेट : २५ करोड ७४ लाख

मनहरी गाउँपालिका

समानीकरण तर्फ : १२ करोड ५५ लाख
सशर्त अनुदान तर्फ : १८ करोड ४४ लाख
कुल बजेट : ३० करोड ९९ लाख

राक्सिराङ गाउँपालिका
समानीकरण तर्फ : ९ करोड ८५ लाख
सशर्त अनुदान तर्फ : १६ करोड १२ लाख
विशेष अनुदान : २ करोड
जम्मा बजेट : २७ करोड ९७ लाख

मकवानपुरको लागि विनियोजन भएको बजेटमा सबैभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिका लागि ९८ करोड ८९ लाख विनियोजन भएको छ भने सबै भन्दा थोरै बजेट ईन्द्रसरोबर गाउँपालिकाको लागि २१ करोड ६ लाख विनियोजन भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।