हेटौंडा,१७ जेठ । शनिबार बिहानबाट हेटौंडामा मेघगर्जन सहित हल्का वर्षा सुरु भएको छ । केहि दिन यता नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

हाल देशभर सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ । यस्तो छ आजको देशभरको मौसम:

जेठ १७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा   मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।