टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीमा परेका छन् । फोर्ब्सले प्रत्येक बर्ष प्रकाशन गर्ने सुचीअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडीमा परेका हुन् । ३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए ।

उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरे । यस्तै क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लेब्रोन जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सूचिमा रहेका छन् ।

कोरोना महामारीका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएकाले टेनिस खेलाडी फेडेरर सर्वाधिक कमाई गर्ने पहिलो खेलाडी बनेको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।