१७ जेठ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार नाघेको छ । शनिबर बिहान सम्म भारतमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ४ सय ९१ पुगेको छ । भारतमा गएको २४ घण्टामा ८ हजार १ सय ५ जनामा कोरोना संक्रमण भएको छ ।

सङ्क्रमितको संख्या लगातार बढ्दै गर्दा भारत सबैभन्दा धेरै सङ्क्रमित हुने देशको ९ औँ स्थानमा छ ।

यसैगरि भारतमा हालसम्म कोरोनाको कारण ४ हजार ९ सय ८० जनाको मृत्यु भएको छ । यसैगरि भारतमा ८२ हजार ६ सय संक्रमित उपचार पछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।