हेटौँडा,१६,जेठ । गत जेठ १४ गते कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएका हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ निवासी ५० वर्षीय पुरुषलाई हेटौँडाको कोरोना आइसोलेसन वार्डमानै राखिएको छ ।

भरतपुरको कोरोना विशेष अस्पतालमा पठाउने तयारी गरेको भएपनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनैपनि लक्षण नदेखिएको कारण कर्रामा रहेको आइसोलेसन वार्डमानै राखिएको आइसोलेसन वार्डकका इन्चार्ज भोलाप्रसाद चौँलागाईले खबरब्रेकलाई बताए ।

उनको अवस्था सामान्य रहेको पनि चौँलागाईले बताए । उनीमा हालसम्म कोरोनाको संक्रमणको समयमा देखिने कुनै लाक्षण नदेखिएको र चाँडै कोरोनालाई पराजित गर्नेमा आफु विश्वस्त रहेको समेत चौँलागाईले बताए । संक्रमित पुरुषलाई अरु भन्दा फरक स्थानमा राखिएको उनको भनाई छ । सोहि दिन कोरोना संक्रमण देखिएकी हेटौँडा १ की महिलालाई भने भरतपुर पठाईएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।