हेटौँडा ।  हेटौंडा उपमहानगरपालिका वडा नं ५ मा निर्माणधिन बक्सिङ हलको लागि युवा व्यवसायी धर्मेन्द्र खेम्का (हिरो)ले आर्थिक सहयोग सहित श्रमदान समेत गरेका छन् । निर्माणधिन बक्सिङ हलको लागि उनले ८ हजार रुपैयाँ बराबरको १ ट्याक्टर प्लास्टर बालुवा सहयोग गरेका हुन् ।
लकडाउनको समयमा समेत खेलकुदको विकासको लागि निर्माण भैरहेको हललाई उनले सहयोग गरेका हुन् । विभिन्न ब्यक्तिहरुको सहयोगमा निर्माण भैरहेको हललाई आफुले पनि केहि सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।