रौतहट, १६ जेठ । नेपाल भारतको सिमा नाकामा अलपत्र परेका नागरिकलाई रौतहटको स्थानिय तहले उद्दार गरेर क्वारेन्टिनमा राख्न थालेपछि रौतहटमा क्वारेन्टिनमा बस्नेको संख्यामा बढदै जानथालेको छ ।

जिल्लाको विभिन्न २६ स्थानमा रहेको क्वारेन्टिनमा बस्नेको संख्या ६ हजार नाघेको हो । रौतहटको बृन्दावन नगरपालिकामा मात्रै ६ स्थानमा रहेको क्वारेन्टिनमा बस्नेको संख्या १६५ पुगेको बृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवले बताएका छन् । सो नगर भित्र रहेको श्री नेपाल उच्च माबी बिश्रामपुरका क्वारेन्टिनमा ३६ जना, श्री सरवस्ती माबी हर्दिया पल्टुवामा रहेको क्वारेन्टिनमा १ जना , उच्च मावि सखुअवा धमैरामा रहेको क्वारेन्टिनमा ८ जना, प्रबि विद्यालय चमनपुरमा रहेको क्वारेन्टिनमा ४२ जना, उच्च माबी वर्गाजवामा रहेको क्वारेन्टिनमा ३ जना र भुसहा मर्दसामा क्वारेन्टाईनमा ७५ जना रहेको मेयर यादवले बताएका छन् ।

क्वारेन्टिनमा रहेका १६५ जना मध्य बिहिबार २५ जनाको स्वाब संकलन भएको बताएका छन् । नगर प्रमुख यादवले क्वारेन्टिनमा बस्ने हरुको स्वाब संकलन र चेकजाँचको दायरा बढाउन माग समेत गरेका छन् ।

सम्बन्धित निकायहरु सँग पटक–पटक माग गरेपनि कुनै सुनवाई नगरेको गुनासो नगर प्रमुख राम स्नेही यादवले गरेका छन् । मेयर यादवका अनुसार सो नगरपालिकाका क्वारेन्टिनमा बस्ने संख्या प्रत्येकदिन २० भन्दा माथि थपिदै जानथालेको हो तर सरोकार बालाहरुले परिक्षणको दायरा नबढाउदा पछि समस्या हुन सकने बताएका छन् ।


रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
rupendra@khabarbreak.com
रौतहट, खबरब्रेक संवाददाता