Image may contain: 4 people, including Menaka Shrestha

सरकारले केहिवर्षबाट शर्टिङ शुटिङ सहितको टेलरिङ ब्यवसायिलाई अनिवार्य भ्याट लगाएकोमा आर्थिक वर्ष ०७७÷०७८ देखि अनिवार्य भ्याट खारेज हुने भएको छ ।
विहिवार अर्थ मन्त्रि यूवराज खतिवडाले प्रस्तुत गरेको वजेटमा शर्टिङ शुटिङ सहितको टेलरिङ ब्यवसायिलाई लाग्ने अनिवार्य भ्याट खारेज भएको हो ।
नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघले देशै भरिका जिल्ला प्रशासन कार्यलय मार्फत र प्रदेश सरकारका अर्थमन्त्री मार्फत अर्थ मन्त्रीलाई अनिवार्य भ्याट खारेज गरि ५० लाख थ्रेस होल्ड कायम गर्ने ज्ञापन पत्र बुझाइएको थियो ।

महासंघको तर्फबाट देशै भरीको टेलरिङ ब्यवसायी माथी पर्न गएको गम्भीर समस्या लाई मध्यनजर गराउदै विभिन्न चरणमा प्रत्यक्ष रुपमा चरणबद्व छलफल गरि अनिवार्य भ्याट हटाउने सहमती भए अनुरुप प्रस्तुत बजेटबाट अनिवार्य भ्याट खारेजी भएको हो ।
नेपाल सरकारको निणर्य स्वागतयोग्य भएको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठले वताए ।
प्राय घरेलु महिलाहरुले गर्ने यस व्यावसायलाई सरकारले केहि ठुला व्यावसायीसंग जोडेर अनिवार्य भ्याट लगाउदा साना व्यावसायीलाइ परेको मार्काको समाधान अनिवार्य भ्याट खारेज भएको कुराले हामी देशै भरिका कपडा तथा सिलाइ ब्यवसायिहरुमा खुसिको लहर पैदा भएको नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ राष्टिय महिला उधमी सिप बिकास समितिका संयोजक मेनका श्रेष्ठले वताईन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।