हेटौंडा । जनता समाजवादी पार्टीका केन्द्रीय विज्ञ परिषद तथा केन्द्रीय सदस्य डा. डी.बी. मोक्तानले दुइतिहाई बहुमत प्राप्त नेकपाको सरकारले दुई बर्षको लामो अबधिमा काम गर्न नसकेको र भ्रष्टाचारको दलदलमा फसेको बताएका छन् ।

शुक्रबार एक अपिल जारी गर्दै केन्द्रीय सदस्य मोक्तनले नेकपाको सरकारले दुई वर्षमा जनताको काम गर्न नसकेको र भ्रष्टचारको दलदलमा फसेको बताए । उनले जारी गरेको अपिलमा आफ्नै पार्टी जनता समाजवादी लगाएत देशको समसामहिक विषयमा विभिन्न प्रश्न उठाएका छन् ।

आफ्नै पार्टी (जनता समाजवादी) लाई केन्द्रीय सदस्य डा. मोक्तानको यस्तो अपिल:

श्रीमान् अध्यक्ष ज्यू
केन्द्रीय पार्टी कार्यालय, बालकुमारी

 सर्वप्रथम आदर्णीय नेतागणहरुमा संघीय अभिवादन, साथै माहामारी कोरोना भाइरसले निम्त्याएको विश्व संक्रमण तथा लाखौं व्यक्तिहरुको असामायिक निधन प्रति समवेदना प्रकट गर्दै यस दुखद लकडाउनको कारण विश्व मानवको दैनिकीमा परेको आपत विपतबाट श्रृजित समस्या प्रति धैर्यधारण गर्ने शक्ति सबैमा प्राप्त होस भन्ने कामनासहित मेरोजिल्ला तथा वडा कमिटीका पदाधिकारीहरु र आफ्नो मनमा लागेको केही कुराहरु नेतागणहरु माझ राख्ने इच्छा भएकोले यसै पत्र मार्फत प्रस्तुत गर्ने अनुमती चाहान्छु । पार्टीको मिटिङमा यसलाई स्थान दिनुहुनेछ भन्ने विश्वास लिएको छु । कुरा केभने दुइतिहाई बहुमत प्राप्त नेकपाको ओली एण्ड कम्पनी सरकारले दुई बर्षको लामो अबधिमा दुई कौडीकोकाम गर्न नसकेको र भ्रष्टाचारको दलदलमा फसेकोनालायक, दुष्ट र भ्रष्ट सरकार भन्दै सरकारको नालायकीपनको बारेमा त हाम्रो श्रद्धेय नेता राजेन्द्र महतो जी ले सदनमै नाङ्गोझार हुनेगरी आफ्नो र पार्टीको तर्फबाट मन्तव्य व्यक्त गरिसक्नु भाको छ । अर्का श्रद्धेय नेता संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यूले भष्मासुरे सरकारको भ्रष्टाचारी नियत, भ्रष्ट नैतिकता, अकर्मण्यता, घरभंडुवा, धूर्त र तानाशाही करतुतको कारण देशमा विकासको सट्टा हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार, राजनीतिक अस्थिरता आदि इत्यादि बारे तीव्र आलोचना तथा भण्डाफोर गर्दै सदनमै ओलीको घाँटीसम्म्ौ आउनेगरी राम्रैसंग खुराक पेलिदिनु भाको कुरा स्मरणीय छ । त्यसैगरी अन्य नेतागण ज्यूहरुबाट पनि आफ्नो भनाई राख्ने क्रममा ओली सरकारको भ्रष्टाचारी नैतिकता, स्वेच्छाचारिता, अहमवादी सोंच एवं आफु राँड त देशै भाँडको मानसिकतालाई सार्वजनिक रुपमै नाङ्गेझार पार्ने काम भएको छ । यो ज्यादै खुशीको कुरा हो । किनकी कर्मको फल सबैले भोग्नै पर्छ, केवल पर्खन सक्नु पर्छ ।

अध्यक्ष महोदय, लकडाउनको मौका पारी केपी ओलीले चोरबाटोबाट दुईवटा अध्यादेश ल्याई लोकतन्त्रै खतरामा पार्ने ठुलो षडयन्त्र ग¥यो । यसबारे समयमै सतर्कता नअपनाएको भए निकै ठुलो दुर्घटना हुन सक्थ्यो । (यसबारे याँहा उल्लेख गर्न नपर्ला) । त्यसैगरी माननीय डा. सुरेन्द्र यादव ज्यूलाई अपहरण गर्ने कुकर्म ओलीकै निर्देशनमा भएको हुंदा यो भन्दा घटिया, निन्दनीय र घृणित काम अरु के हुन सक्छ ? यसबारे म लगायत मकवानपुर जिल्ला कमिटि तथा हेउमनपा–१५ को वडा कार्य समिति घोर भतर््सना व्यक्त गर्दछ । पीडितले न्याय पाउनु पर्छ भन्दै यस्ता धूर्त अपहरणकारीहरुलाई कानूनी कठघरामा उभ्याउन तपाईहरुले चाल्नु भएको कदम स्वागतयोग्य छ, यसले चाँडो भन्दा चाँडो सफलता पाओस, हाम्रो हार्दिक शुभकामना छ ।

साँच्चै भन्ने हो भने, संवैधानिक अंगहरुमा आफ्ना भरौटेहरु भर्ना गर्ने र साना पार्टीहरु (राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) फुटाएर आफु शक्तिशाली बन्ने तथा संबैधानिक अङ्गहरुमा प्रतिपक्षको सहमति बिना नै आफ्नो भरौटेहरु भर्ना गरी मनपरि राज गर्ने कुत्सित मनसाय अनुरुप ल्याइएको दुइटा अध्यादेश जस्लाई असफल पार्न हामी विपक्षी दलहरु सफल भयौं । यो हाम्रो ठूलो राजनीतिक सफलता थियो । वास्तवमा, त्यसकै कारणले एउटै उद्देश्यका लागि बर्षौंदेखि दुई अलग अलग बाटो समातेका हामी अल्पज्ञानी मुर्ख मनुवाहरुलाई पनि एउटै बाटोमा आउन आँखा चांहि खोलिदिएकै हो । मेरा श्रद्धेय नेतागणहरु, तपाईहरु मान्नुस या नमान्नुस, वर्तमान राजनीतिक उँचाईमा सांच्चीकै तेश्रोशक्तिको रुपमा उदाउने महान अवसर मध्ये एउटा अवसर चांही ओलीकै अकर्ममण्यताको कारण हो भन्नु अत्युक्ति नहोला, नत्र यो भन्दा अघि किन हुन सकेन ? प्रश्न उठन सक्छ ।

जे होस, हामी दुईवटा दल एउटै शक्तिको रुपमा उदय हुंदा हामीलाई हुनसम्मको खुशी लागेको छ भने हाम्रा शत्रुहरुको मुटु हल्लिएको छ । तर एउटा कुरा, अध्यक्ष महोदय, पार्टी एकिकृत हुनु अगाडीदेखि नै हाम्रो श्रद्धेय नेताहरुलाई विभिन्न किसिमको लान्छना, नैतिकतासंग सम्बन्धित मानहानीका आरोपहरु लगाएर जनमानसमा वितृष्णा फैलाउने काम  विपक्षीहले गर्दै आईरहेको छ । यस विषय बारे तपाइहरु कोही पनि अनभिज्ञ हुनुहुन्न र अहिले पनि गाउंघरमा श्रद्धेय नेता डा. बाबुराम भट्टराई ज्यूर अर्को श्रद्धेय नेता तपाई उपेन्द्र यादव ज्यूलाई जनता मार्ने नरसंहारे, कुलंघारे, भ्रष्टाचारी, भारतीय दलाल, रअ का एजेण्ट आदि इत्यादि भनेर अपमान र निन्दा गरिरहेकोछ । मधेश आन्दोलनको नाममा भरतीय गुण्डाहरु परिचालन गरि पहाडे मूलका २६÷२७ जना नागरिकहरुलाई एकदमै अमानवीय तरिकाले हत्या ग¥यो । यो सबै जातीय विभेद ल्याउनका लागि भारतको सहयोगबाट परिचालित षडयन्त्र थियो भन्दै उपेन्द्र यादव पहाडे जनताको विरोधी, नरसंहारे, राष्ट्रिय विखण्डनकारी आदि इत्यादि भनेर अपमान र निन्दा गरिरहेको छ । अर्को नेता राजेन्द्र महतो ज्यूलाई त झनै देखि नसहने अपमानजनक गाली गलौज गर्दै भारतीय दलाल, भारतीय एजेण्ट, धोती, राष्ट्रघाती आदि इत्यादि भन्ने गर्छन् । त्यसैगरी अन्य हाम्रा श्रद्धेय नेताहरुलाई पनि विपक्षी दलका नेताहरुले भारतीय दलालको बिल्ला भिडाउने र गाउंघरको कार्यकर्ताहरुमा उहाँहरु विरुद्ध वितृष्णा फैल्याउने र भडकाउने काम गरिरहेको छ । यस्ता अपमानजनक कुराले हाम्रो मन दुख्छ । हमला गरुँ झैं लाग्छ तर दलिय व्यवस्थामा यस्तो आरोप प्रत्यारोप हुनु स्वभाविकै हो भनेर यसलाई सहने गरेका छांै। तरपनि त्यसको प्रतिवाद त गर्नै पर्छ । त्यस क्रममा कतिपय ठाउँमा झडप समेत हुने गर्छ । त्यसो हुँदा गाउँघरमा संगठन निर्माण गर्न सारहै कठिन छ । त्यो पनि नेकपाको लालकिल्लामा ! हामीबाट हाम्रो नेताहरु त्यस्तो हुनुहुन्न, विपक्षीहरुले भनेको जस्तो हुँदैहोइन भनेर सम्झाउने काम निरन्तर भैरहेको छ ।

“हाम्रा पार्टीका नेतालाई मात्रै राष्ट्रघाती, देशद्रोही र दलाल देख्ने आँखाले नेपाली काँग्रेस र नेकपाको नेतालाई किन राष्ट्रघाती, देशद्रोही र दलाल देख्दैनौ ? कोशी, गण्डकी, महाकाली र टनकपुर हाम्रो नेताले बेचेको हो ? हत्या, हिंसा, बलत्कार, वाइडबडी काण्ड, ललिता निवास जग्गा काण्ड, यति इन्टरनेशनल भ्रष्टाचार काण्ड, ओम्नी ग्रुप भ्रष्टाचार काण्ड, गोकुल बाँस्कोटा भ्रष्टाचार काण्ड, एनसेल भ्रष्टाचार काण्ड, सांसद अपहरण काण्ड जस्ता घृणित काम हाम्रो नेताले गरेको हो ? १७ हजार मान्छे मार्ने धेरै नेताहरु तिमीहरुकै पार्टीमा छ । किन कार्वाही नगरेको ? हाम्रै मात्र नेताहरुलाई जेल हाल्नु पर्छ भन्ने” भन्दै प्रतिवाद गर्दा उनीहरु कुटन र झगडा गर्न आइलाग्छन, तंलाई कति तलब दिएको छ ? कति कमिशन दिएको छ ? तंपनि दलाल होस्भनेर कटाक्ष गर्दै हातै हाल्न आउंछन । तथापि जिल्ला र वडा स्तरीय संगठन निर्माण निरन्तर जारी छ र अहिलेसम्म ठूलो लडाई झगडा भएको छैन । मेरो वडामा मेरै निगरानीमा वडा समिति गठन गरी कार्यालय सचिवमार्फत कार्यालय संचालन गरी भातृ संगठनहरु विस्तार गर्ने काम भैरहेको छ । यो खुशीको खबर याँहा शेयर गर्न चाहान्छु।

श्रद्धेय अध्यक्ष ज्यू, लकडाउनको बेला नेपाल सरकारको वडा कार्यालयबाट राहत वितरण नहुंदा गरिव जनता भोकभोकै मरिरहेको बेला सबैभन्दा पहिले हाम्रै पार्टीले केन्द्र वा प्रदेश कसैसंग पनि केही नमागीकन हामी (म लगायत जिल्ला र वडा कमिटिका कार्यकर्ताहरु) आफैले रकम संकलन गरी पार्टीको वडा कमिटी रहेको हेटौडा उपमहानगपालिका–१५ नं. वडाका करिव ५० गरिव घरधूरीलाई मास्क सहितको राहत सामाग्री वितरण ग¥यौं । यो कार्यले जनमानसमा हाम्रो पार्टीप्रति ठूलो विश्वास र भरोसा जागेको छ । यो खवर सुनाउदै गर्दा पार्टी कमिटीका सम्पूर्ण पदाधिकारी एवं कार्यकर्ताहरु खुशीले छाती फुलेको र गर्वले शीर उच्च भएको महशुस गरिरहनु भएको छ । तर एउटा ज्यादै दुख लागेको कुरा चांही के भने, गएको प्रतिनिधी सभाको बैठकमा मन्तव्य दिने क्रममा माननीय सरिता गिरी, माननीय लक्ष्मणलाल कर्ण, माननीय महेन्द्र राय यादव र अन्य केही माननीय ज्यूहरुले बडो विवादास्पक ढंगले अभिव्यक्ति दिनु भयो । जसले गर्दा हाम्रो पार्टीप्रति समाजको धारणा नै अलग बन्न गएको छ । “नेपालको नून खाने अनि भारतको गुण गाउने ? तपाईको पार्टीको नेताहरुले खाने गरेको तलब भत्ता हामी नेपाली गरिव जनताको रगत पसीनाको कमाईबाट संकलित भएको रकम हो । कुनै दातृ राष्ट्रले दिएको अनुदान होइन न त लुटेको सम्पती नै हो । श्रमिक र मजदूरहरुले बुझाएको कर, खाडी मुलुकको ५० डिग्री तापक्रममा काम गरि पठाएको रेमिटेन्स र रातदिन खेतबारीमा काम गर्ने किसानहरुको पसीनाबाट संकलित रकम हो । उपेन्द्र यादवले दिएको हो ? बाबुरामले दिएको हो ? कि महन्थ ठाकुरले ?” भनेर प्रश्न माथि प्रश्न गरेर लज्जित बनाउंछन । मलाई कटाक्ष गर्छन “डाक्टर साव, तपाई त बाबुराम र उपेन्द्र जीको राइट ह्यान्ड, अहिले त झन जनता पार्टी पनि थपियो । पार्टी चलाउनलाई दाम त झ्याप्पै आउंछ होला नी ! महिनामा एक डेड लाख जति आउंछ ? अब हेर्नुस त अध्यक्ष ज्यू, यो के हो ? यो किन हुँदैछ ? यसो भन्न उनीहरुले किन आँट गरे ? उत्तर रेडिमेड छ । किनभने, हाम्रा नेताहरु जहिले पनि भारत परस्त मानसिक्ताले जकडिएको भाषण गर्ने, भारतले नेपाली भूमी मिच्दा दीपावली मनाउने, मिचिएको भूमी फिर्ता ल्याउनु पर्छ भनेर संसदमा प्रस्ताव राख्दा हाम्रा नेताहरुलाई असह्य पीडा हुने, संसदमा चिच्याएर ठूलो ठूलो स्वरमा हिन्दीमा भाषण गर्दा आफुलाई महान नेता सम्झने । यो भाषण पाहाड र हिमालका अनपढ शेर्पा, तामाङ, भोटे, गुरुङ, नेवार, मगर, सुनार, राई, लिम्बु, लेप्चा, दनुवार, माझी कसले कति बुझे होलान । त्यो भाषण गर्नेलाई नै थाहा होला । तर नेपालको साँंसदले नेपालीमै बोल्दा के हुन्थ्यो ? के उहाँहरुको गरिमा घट्थ्यो ? हाम्रो भूंइफुट्टा  नेताहरुको यस्तै अकर्मण्य, अदुदर्शी र आफुलाई महान नेता सम्झिने घमण्डका कारण म जस्ता धेरै कार्यकर्ताहरुलाई भारतीय एजेण्ट भन्न थालीसके । देश टुक्राउने राष्ट्रघाती, जनविरोधी र राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिंदै हिडने नेताहरुको प्रवृतिको अन्त्य कहिले होला ? हामी चांही तराई, पाहाड, हिमाल जोडने अभियानमा जाने । हाम्रा नेताहरु चाँही क्षेत्रियतामै रमाउने र सकेसम्म मधेशलाई सिक्किम जस्तै भारतमै विलय गर्न पाए हुन्थ्यो नत्र भुटान जस्तो मात्र बनाउन पाए पनि हाम्रो मिशन पुरा हुन्थ्यो भन्ने सोंच राख्ने ? यो कस्तो विडम्बना ? वर्तमान राजनीतिमा यो ज्यादै गम्भीर विषय बनेको छ, अध्यक्ष महोदय ।

अध्यक्ष महोदय, माननीय सरिता ज्यू र लक्ष्मणलाल ज्यूले त खुलेरै भारतको पक्षपोषण गर्नु भयो । उहाँहरुको माइती, मामा, माइजु, छोरी ज्वाईंको घर अथवा बुहारीको माइती, ससुराली, भान्जा, भान्जी आदि इत्यादिहरु भारतमै बस्नुहुन्छ होला, त्यो संग सरोकार भएन तर उहाँहरु त अहिले नेपालको सांसद हुनुहुन्छ । उहाँहरुलाई भोट दिने भोटरहरु भारतीय होइनन्, र तलब भत्ता पनि भारतले दिएको होइन, तर नेपाल र नेपालीलाई तिरष्कार अनि भारतीयहरुको गुलामी किन ?  भारतीयहरुको चाकडी किन ? भारतप्रति यति विधि अनुग्रहित किन ? भारत प्रति यतिबिघ्न मोह छ भने उतै बसोबास गरे भइगो नी ! उहाँहरुलाई कस्ले छेक्छ ? मानसिक र चारित्रिक हिसाबलेउहाँहरु खाँटी भारतीय हो भन्ने पुष्टि भई नै सकेको छ भने फेरी भारतीय हुँ भन्नुमा लाज किन मान्नु ? होइन भने नेपाल आमाको काखमा बसेर नेपाल आमाको छातीमा लात हान्ने छुट कसैलाई छैन । यस्ता चरित्रहीन र खोक्रो राष्ट्रवादी चरित्रका नक्कली सपुतहरुको घोर निन्दा र भत्र्सना गदर्छौं । चाहे त्योजुनसुकै पार्टीको किन नहोस्। हामीलाई थाहा छ, भारतले नेपालाई सधैको लागि उपनिवेश बनाउन चाहान्छ र बनाई राखेको पनि छ । नेपालका उधोगधन्दाहरु, कलकारखानाहरु भारतले ध्वस्त पारी नेपालीहरुलाई परनिर्भर बनाएको छ । यदपि नेपालीहरुलाई परनिर्भर बनाउनुमा गद्दार नेपाली नेताहरुको पनि हात छ भन्ने बिर्सनु हँदैन । यस्ता गद्दारहरुलाई कहिल्यै माफी दिनु हुदैन ।
हामीलाई यो पनि थाहा छ कि भारतले रोटी बेटीको लल्लीपप देखाएर नेपालीहरुको निष्कपट भावना र सहानुभूती जित्न सफल भएको छ । रोटी बेटीको नाताले नेपालीहरुको मनमष्तिश्कमा छिमेकी भारतप्रतिको सद्भाव, इमानदारिता र सम्मान उच्च रहेको छ । तर भारतले रोटी बेटीको लल्लीपप र बडे भाई, छोटे भाइको नाटक देखाएर जंगे पिल्लरहरु रातारात भत्काउने, सीमा मिच्ने र भुमी अतिक्रमण गर्ने, बालीनाली लुटने, सुनचांदी लुटने, बस्तुभाउ चोर्ने जस्ता अति निकृष्ट, घटिया, घृणित र वेइमानी काम गर्दै आएको छ । नेपालीले रगत पसीना बगाएर खेती लाउंछ अनि बाली काटने बेला रातारात भारतीयहरुले चोरेर लैजान्छ । भारततर्फ खेती गर्नेबेला नेपालको पानी रातारात चोरेर लैजान्छ अनि बाढी आउने बेलामा बाँध बाधेर नेपाल डुबाई दिन्छ । दशगजाहरु रातारात सारिन्छन र आज खेती लगाएर आयो भोलिपल्ट त्यो
जमिन भारततिर पु¥याईसकेको हुन्छ । त्यति मात्र होइन, दिउंसै भारतीय प्रहरीहरुद्धारा नेपाली चेलीहरुको इज्जत लुटने गरिएको छ । यो पीडा भोग्ने त मधेशकै नेपालीहरु हुन् नी । होइन त ? तर माननीय ज्यूहरुलाई यस्तो घटना बारे केही थाहै नभएको जस्तो नाटक गरी उल्टै भारतकै समर्थन गर्छन । कठैवरा ! अझ तारबार किन लाउने भन्छन् । सुरक्षाकर्मी किन चाहियो भन्छन । हामी सोझो छिमेकी, “हाम्रो बारीमा आली लगाउं, हाम्रो बालबच्चा भोकै मर्लान् दुखको बाली बचाउं, फलामे पर्खाल लगाउन सकिएन बाँसैको भएपनि घेरा लगाउं” भन्दा त्यही बाली चोर्ने चोरलाई सोध्नु पर्छ भन्ने सरिता म्याडम, अनि तारबार लगाइयो भने त्यसको परिणाम के हुन्छ ? भनेर नेपाली जनतालाई थर्काउने लक्ष्मणलाल सर !? त्यो पनि संसद भित्रै ? सरिता म्याडम र लक्ष्मणलाल सर ! तपाइहरुलाई एउटा प्रश्न । यस्तो कुबुद्धि काहाँबाट आयो ? भारतीयहरुले नेपालीलाई दिएको पीडाले हामीलाई हर्षित तुल्याउंछ, भन्न खोज्नु भाको हो भने हामी कार्यकताहरुले भन्नु केही छैन । होइन भने सम्मानका साथ भन्दैछु, हामी जस्ता लाखौं कार्यकर्ता र तीन करोड नेपाली जनताको मन दुख्ने अभिव्यक्ति दिने छुट तपाईहरुलाई कदापि छैन ।

सम्झना रहोस् । माननीय ज्यूहरु, एक झलक यता हेर्नुस्। नेपालको २६ वटा जिल्लाहरु भारतसंग जोडिएको छ । उक्त २६ जिल्लाहरु मध्ये २३ वटा जिल्लामा भारतले यसरी भूमी अतिक्रमण गरेको छ । जस्तैः १. ताप्लेजुङमा २,०२० हेक्टर, २. पाँचथरमा ११४ हेक्टर, ३. इलाममा ९२ हेक्टर, ४. झापामा १७४ हेक्टर, ५. मोरङमा ३५ हेक्टर, ६. सुनसरीमा ४३ हेक्टर, ७. सप्तरीमा १७५ हेक्टर, ८. सिराहामा ११ हेक्टर, ९. महोत्तरीमा १४ हेक्टर, १०. सर्लाहीमा १२ हेक्टर, ११. रौतहटमा १५ हेक्टर, १२. बारामा ३० हेक्टर, १३. पर्सामा २३३ हेक्टर, १४. चितवनमा १७४ हेक्टर, १५. नवलपरासीमा १४,५०० हेक्टर, १६. रुपन्देहीमा ५५ हेक्टर, १७. कपिलवस्तुमा १ हेक्टर, १८. दाङको कोइलाबासमा २५ हेक्टर, १९. बाँकेमा ५१ हेक्टर, २०. बर्दीयामा २१ हेक्टर, २१. कैलालीमा २६६ हेक्टर, २२. कन्चनपुरमा १,६११ हेक्टर र २३. दार्चुलामा ३७,००० हेक्टर गरी
जम्मा ५६,७६२ हेक्टर भूमी अतिक्रमण भएको छ । दशगजाको क्षेत्रको त कुरै नगरौं, खाई नै सक्यो ।  माननीय ज्यूहरुबाट भाषण ठोक्दा “नेपालको भूमी, नेपालको सीमा, नेपालको अस्तित्वको सुरक्षा हामीले गरेको हो, नेपाल सरकारले गरेको हो ? काहाँ गरेको छ ? देखाउ । सीमाको चौकीदार त हामी हौं ।” यो भनाई नितान्त सत्य हो । तर सीमाको चौकीदार हामी नै हौं भनेर चर्को भाषण गर्ने हाम्रा नेताहरुलाई प्रश्न गर्न चाहान्छु, माथि उल्लेख गरिएको यो ५६,७६२ हेक्टर भूमी कसरी र किन अतिक्रमण भयो, र अतिक्रमण हुँदा तपाइहरु काहाँ हुनु हुन्थ्यो ? कतै तपाइहरुकै मिलोमत्तोमा त होइन ? शंका उठ्न सक्छ । त्यसैले मन्च पायो भन्दैमा जथाभावी नबोल्नुस्भन्न खोजिएको हो । लक्ष्मणलाल माननीय ज्यू, तपाई त पार्टीकै सम्मानित नेता हुनुहुन्छ । म व्यक्तिगत रुपमा तपाईको अत्यन्त सम्मान गर्दछु,माननीय ज्यू, तपाइलाई ओली प्रति रिस उठेको होला, ओलीको कार्यशैली चित्त नबुझेको होला अथवा असन्तुष्ठ हुनुहोला, ओली जी भ्रष्टचारी हुन्, भ्रष्टाचारका नाइके हुन्। यो कुरा तपाई र मैले मात्र थाहा पाएको होइन, संसारलाई थाहा छ । यसप्रति हामी सबै दुखी छौं । उसकै पार्टीका नेताहरुले पनि कार्वाहीको माग गर्दैछ । यसकारण व्यक्तिगत रुपमा तपाई ओलीलाई गाली गर्नुस या माया, अथवा ओलीलाई डुबाउनुस या उकास्नुस, तर ओलीलाई गाली गर्ने बहानामा किन देश डुबाउने काम गर्नुहुन्छ ? किन राष्ट्रघाती अभिव्यक्ति दिनु हुनुहुन्छ ? किन आफ्नै पार्टीको बदनाम हुने अभिव्यक्ति दिनु हुन्छ ? सस्तो लोकप्रियताको लागि जे पनि बोलिदिने ? म पनि २ नं. प्रदेशकै बासिन्दा हँु, हजुर । आर आर क्याम्पस जनकपुरबाट इन्टर गरें, ठाकुरराम क्याम्पस बीरगंजबाट मास्टर्स गरें । माननीय ज्यू, कुनैबेला पर्सादेखि झापासम्म मेरो कार्यक्षेत्र पथ्र्यो र तपाइहरु भन्दा धेरै त्यो १२ वटा जिल्लामा घुमेको होला । पाहाडी र हिमाली क्षेत्र गरी ३० वटा भन्दा बढी जिल्लामा अनुसन्धानात्मक काम गरेको छु । त्याहांको गरिवी, सामाजिक, आर्थिक, साँस्कृतिक जस्ता विविध पक्षको अध्ययन अनुसन्धान गरेको छु । यसको अर्थ तपाईहरु भन्दा सुपर जान्ने र विज्ञ भन्न खोजिएको होइन तर तराई, मधेश र पाहाडकोसामाजिक सदभाव, व्यवहार, आर्थिक अवस्था, साँस्कृतिक विविधता, उनीहरुको इमान्दारिता, देशप्रतिको माया र स्वाभिमानी जस्ता विविध पक्षबारे नजिकबाट अध्ययन गरेको छु र सोबारे मलाई पनि धेरथोर जानकारी छ । न्चबकक भिखभ िको कार्यकर्तालाई केही थाहा हुँदैन भन्ने सोंच मनबाट निकाल्नुस । सस्तो लोकप्रियताको लागि जथाभावी राष्ट्रघाती अभिव्यक्ति नदिनुस, देशभक्ती र स्वाभिमानी विरुद्ध नबोल्नुस, ग्रामिण कार्यकर्ताहरुको मनोबल उच्च हुने काम गर्नुस, नत्र यसले पार्टी बदनाम हुन सक्छ र तपाइको राजनीतिक उँचाइमा समेत असर पर्न सक्छ भन्न खोजिएको मात्र हो ।
खराब काम र असल काम छुट्याउने बानी सबैले बसाल्नु पर्छ । असल कामलाई असल नै भन्नु पर्छ, चाहे त्यो हाम्रो दुश्मनलेनै गरेको किन नहोस । यतिखेर ओलीले ज्यादै राम्रो काम गरेको छ । देशभक्त तथा सच्चा राष्ट्रवादी नेताले गर्ने काम गरेको छ । शदियौंदेखि हाम्रा गद्दार राजनेताहरुले गुमाएको भूमी फिर्ता ल्याउने प्रयासमा जुटीरहेको छ । स्वाभिमानी नेपालीको गरिमालाई उच्च बनाउने जमर्को गरिरहेको छ र हेपाहा प्रवृतिको पर्दाफास गरिदै छ । त्यतिमात्र होइन, उत्तरतर्फको छिमेकीबाट अतिक्रमण गरिएको भूमिको पनि खोजतलाश गरिदैछ । यस्तो सहासिलो काममा दलगत स्वार्थ त्यागेर हामी सबैले जोडदार सहयोग गर्नुपर्छ । “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।” त्यसैले पहिला नेपाल भूमी जोगाऔं अनि गरौंला राजनीति ।

अध्यक्ष महोदय, भारतले नेपालको सीमा मिचेको बारे हाम्रो नेताहरुलाई थाहा छैन होला त ? दार्चुला बाहेक २२ जिल्लाको नक्शा बारे थाहा नहुन सक्छ तर लिम्पियाधूरा, लिपुलेख, कालापानी, गुन्जी, कुटीयाँदी, नाभी भारतकोभनेर बलमिच्याईंका साथ नक्शा नै सार्बजनिक ग¥यो । त्यो पनि थाहा छैन ? छैन भने के उहाँहरु पनि ओली मार्का जस्तै लेण्डुपे नै हुन्? यदि मिचेकै होभने भारतले नेपाललाई सोधेको थियो ? यो प्रश्न माननीय सरिता ज्यू र लक्ष्मणलाल सरलाई सोध्न चाहान्छु । भूमी फिर्ता आउनु कहिले हो कहिले । त्यसको लागि गृहकार्य गर्न त बाँकी नै छ तर नेपाल सरकारले आफ्नो भूमीको नक्शा निकाल्नु पर्छ भनेर उद्घोष पनि गर्न नपाउने ? नेपाललमात्र होइन संसारको जुनसुकै मुलुकले पनि आफ्नो भूमीको नक्शा निकाल्न सक्छ । उस्को त्यो नैसर्गिक अधिकार हो । कसैलाई सोध्नु पर्दैन । तर तपाइहरुले नेपालको नक्शा निकाल्न भारतलाई सोध्नु पर्छ भन्नुको तात्पर्य के ? भारतले सानो देश भनेर नेपाललाई दादागिरी देखायो, १४.५ लाख सेनाको धाक लायो । नेपालको २३ जिल्लाको ५६७६२ हेक्टर भन्दा बढी भूमी खायो, मानेभँज्याङ, सुस्ता, टनकपुर जस्ता अनेकौं भूभाग च्याप्यो, हेप्यो, लौ मान्यो । तर तपाइहरुले हेप्ने कारण चाही के ? जवाफ चाहियो । म राष्ट्रवादी, देशभक्त, स्वाभिमानी नेपाली नागरिक मात्र होइन यस पार्टीको सच्चा, कर्मठ एवं पार्टी प्रति समर्पित योद्धा पनि हुँ र विज्ञ परिषद तथा केन्द्रिय सदस्य पनि हुँ । तपाइहरुसंग प्रश्न गर्ने अधिकार मलाई पनि छ ।

हामी भने पार्टीको बचाव गर्ने, नेताहरुको बचाव गर्ने, संगठन निर्माणमा रातदिन खटन,े तपाइहरु भने जथाभावी बोल्दै पार्टीमा आँच पु¥याउने ? आफ्नो मातृभूमीलाई परायाले कुल्चिदा खुशी मान्ने ? दीपावली गर्ने ? तपाईहरु नेपाली हो कि छदमभेषी भारतीय जासूस ? बहुदलिय व्यवस्थामा प्रत्येक दलको आ–आफ्नो दलगत स्वार्थ, दलिय सिद्धान्त, कार्यगतशैली, लक्ष्य र विचार अलग अलग हुन सक्दछ । नेताहरुको सैद्धान्तिक ज्ञान, नितान्त व्यक्तिगत विचार, राजनीतिक परिपक्वता, सोंच र स्वार्थ अलग अलग हुन सक्दछ । तर व्यक्तिगत रुपमा जस्तोसुकै सोंच भएपनि र दलगत रुपमा स्वार्थ एवं सिद्धान्त जेसुकै भएपनि देशको विकास, राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको सवाल तथा विदेशी हस्तक्षेपका विरुद्ध एकजुट हुनैपर्छ । यतिखेर ओली ज्यूले पनि दुई तिहाईको दम्भ छोडेर सर्वदलिय समिति गठन गरी उनीहरुको सल्लाह र सुझाव लिन जरुरी छ । नत्र ओली ज्यूबाट अर्को गम्भीर घटना नघटला भन्न सकिन्न । अर्को कुरा, सरिता म्याडम र कर्ण सरलाई लिम्पियाधूरा, लिपुलेख, कालापानी, गुन्जी, नाभी, कुटीयाँदी काहाँ पर्छ भन्ने कुरा सबै थाहा छ, भन्ने लाग्छ । नेपालको इतिहास अथवा ब्रिटिश इण्डियाको इतिहासले के भन्छ, १८१६ को सुगौली सन्धि वा त्यसभन्दा पछिको सन्धिहरुलेके भन्छ, त्यो पनि थाहा छ । तर थाहा नभएको अभिनय गर्ने, ननिदाए पनि निदाएको नाटक गर्नेलाई ब्युउंझाउन त काहाँ सकिन्छ र ? यदि साँच्चै नै थाहा छैन भने कुनै विज्ञलाई सोध्नुस या सुगौली सन्धि अध्ययन गर्नुस, नभए म कंहा आउनुस । मैले समाजशास्त्रमा मात्र होइन, इतिहासमा पनि स्नातकोत्तर गरेको छु । तपाइको दिमागलाई डिटर्जेन्ट पाउडरले जस्तै सफा गरेर पठाउने छु ।

अध्यक्ष महोदय, उदाहरणको लागि तपाईको छिमेकी सारै दुष्ट र धूर्त प¥यो भने के गर्नु हुन्छ ? छिमेकी दुष्ट प¥यो भन्दैमा छिमेकी बदल्न त सकिदैन होला । दुष्टसंग लडनु वा भिडनु पनि राम्रो होइन । किनकी छिमेकी त भोली पनि चाहिन्छ तर उसले तपाइको कमजोरी र सोझोपनको फाइदा उठाउंदै तपाइको बारीको डील खन्दै जमिन नै हडपिन थाल्यो भने के गर्नु हुन्छ ? पहिलो कुरा त तपाइले त्यसो नगर्न अनुरोध गर्नु हुनेछ तर उसले अटेर ग¥यो भने ? अन्तत; तपाइले सके सिमेन्टेड पर्खाल लगाउनु होला या फलामे तारबार, नसके बाँसैको भएपनि घेरा त लाउनै प¥यो । सुरक्षा गर्नै प¥यो, किनकी तपाइको सर्वस्व नै त्यही भूमी हो । त्यो भूमीसंग तपाइको स्वामित्तता, तपाइको स्वाधिनता, तपाइको इज्जत, सम्मान र सन्ततिको भविष्य जोडिएको छ, तर तपाइकै परिवारको कुनै सदस्यले त्यो दुष्ट छिमेकीको प्रभावमा आएर त्यो
घेरा लगाउनलाई त तेही छिमेकीलाई सोध्नू पर्छ, नत्र काहाँ हुन्छ भन्यो भने तपाई त्यसलाई के दिनु हुन्छ ? पुरष्कार कि दण्ड ? त्यही मनस्थिति हाम्रो माननीय ज्यूहरुमा देखियो । सरिता ज्यू भारतलाई सोध्नु पर्छ भन्ुनु हुन्छ भने लक्ष्मणलाल कर्ण ज्यू तारबार लाउनै हुंदैन भन्नु हुन्छ । के भारतको दासत्व स्वीकार गरेकैहो ? उहाँहरुको यो भनाइले हाम्रा नेताहरु भारतीय स्वार्थको लागि काम गर्दा रहेछन भन्ने पुष्टि भएन र ? त्यसोभए गाउंघरमा किन जानु प¥यो हामी ? किन गर्नु प¥यो संगठन निर्माण ? किन चाहियो पार्टी ? तपाईहरु के चाहनु हुन्छ ? निर्णय गर्ने सर्वधिकार तपाइहरुमै सुरक्षित छ ।

अन्त्यमा, यो अपिल हाम्रा समस्त कार्यकर्ताहरु र अन्य सर्बसाधारणले पनि थाहा पाउन् भन्ने मनसायका साथ ट्वीटर मार्फत सर्बसाधारणको लागि जारी गरिएको छ । यो अपिल प्रकृयागत रुपमा पार्टीको केन्द्रिय कार्यालयमा पुगेपछि सम्बन्धीत निकायले यस विषयमा गम्भीर छलफल गरी अब आइन्दा हाम्रा पार्टीका समस्त कर्मठ, इमान्दार, देशभक्त र राष्ट्रभक्त नेता तथा कार्यकर्ताहरुले सार्वजनिक स्थलमा आफ्नो मन्तव्य राख्दा, सामाजिक संजालमा अन्तवार्ता दिंदा वा राष्ट्रिय गौरवको विषयमा बोल्नु पर्दा पार्टीको केन्द्रिय समितिसंग समन्वय गरेर मात्र आफ्ना मन्तव्य राख्न पर्ने तथा मनपरी ढंगले मन गढन्ते अभिव्यक्ति, राष्ट्र विखण्डन हुने राष्ट्रद्रोही भाषण, कार्यकर्ता हतोत्साही हुने गरी समाचारसम्प्रेशन गर्न गराउन पाइने छैन भन्ने तर्फ सचेत र सजग गराउनु हुनेछ भन्ने विश्वास गरेको छु जसले हाम्रो गरिमामय पार्टीको उच्च छवीलाई अझ उचाईंमा पु¥याउनुको साथै हामी कार्यकर्ताहरु एकजुट भई संगठन विस्तारको लागि उच्च
मनोवलको साथ निरन्तर अघि बढन सकौं । मनमा लागेका कुरा निर्धक्कसंग कमेन्ट गर्नु होला । धन्यवाद ।

बाधार्थः
संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई ज्यू ।

नोटः
(राष्टिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भैसकेको भन्ने जानकारी भएको तर हालसम्म जिल्ला तथा गाउं स्तरसम्म कुनै
आधिकारिक सूचना प्राप्त नभएकोले याँहा समाजवादी पार्टीका अध्यक्ष श्री उपेन्द्र यादव ज्यूलाई अध्यक्ष महोदय भनी सम्बोधन
गरिएको छ ।)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।