महेन्द्र राउत ।  कोरोना भाइरस जोखिम न्युनिकरणको लागि भएको लकडाउनको कारणले विश्वभरमा जनजीवन अस्तब्यस्थ बनेको समयमा यसले नेपाललाई पनि गम्भिर असर पारेको छ । नेपालमा पनि निरन्तरको लकडाउन ६५ दिन नाघेको अवस्थामा ब्यवसायीहरु अझ जटिल समस्यामा फसेका छन् ।

यसै सन्र्दभमा मकवानुर उद्योग वाणिज्य संघका निवर्तमान महासचिव तथा मकवानपुरका युवा ब्यवसायी समेत रहेका महेन्द्र राउतले लकडाउनको विषयमा पनि कसरी ब्यवसायलाई सञ्चालन गर्न सकिन्छ र राज्यले ब्यवसायको क्षेत्रमा रहेका ब्यक्तिहरुको मागलाई कसरी संवोधन गर्न सक्छ भन्ने विषयमा १२ बुँदे विषय राखेका छन् ।

लकडाउन शुरू भएको पनि आज दुई महिना भन्दा बढी भैईसकेको छ। मानिसहरूको जीवनचर्या जति जति समय बित्दै गइरहेछ त्यनि नै समस्या बढ्दै गईरहेको छ। मानिसहरूको आर्थिक अवस्था गम्भीर हुँदै गईरहेको छ। दैनिक रूपमा ज्यालादारी गरि दैनिकी चलाउनुपर्नै धेरै जसोको मुखमा माड लाग्न धौधौ परिसकेको छ।

सबैभन्दा ठुलो समस्यामा आम उधौगीक ब्यवसायीहरू परेका छन्। बैंक ब्याज,घरभाडा,कर स्टाफ देखि अन्य समस्याहरूको कारणले कोरना भन्दा पनि आफ्नै पिडामा बेहोस अवस्थामा छन।
बन्द कति समय सम्म गर्नु पर्ने हो भन्ने कुराको लेखाजोखा छैन,यी सबै समस्याको समाधान गर्न सक्ने अबस्थामा सरकार छैन।

पर्याप्त मात्रामा किटको अभावमा स्वास्थ परिक्षण गर्न समस्या परिरहेका छन।हरेक दिन कोरना संक्रमितको संख्या बढ्दै गईरहेछ। यस्तो अवस्थामा यी सबै कुराको ग्यारेन्टी राज्यले लिनु पर्यो होईन भने आवस्यक स्वास्थ सुरक्षा विधि अपनाई सामान्य रूपमा खोल्ने वातावरण तयार गरि दिनु पर्छ। यसै सन्दर्भमा केही सुझाबहरू बुदागत रूपमा टिपोट गरेको छु जुन यस प्रकार छन।

(१) लकडाउन पालनाको लागि आधारभुत सुरक्षाको लागि आवस्यक सामाग्रीहरू थर्मोगन, पिपिआर,सेनिटाईजर,सर्जिकल पन्जा,स्तरिय मास्क सहित सामाजिक दुरी कायम गराई जिल्लामा रहेका सबै ब्यवसायहरू बस्तुगत संघहरूको समन्वयमा हरेक दिन पालै-पालो रोटेशनमा खोल्न सकियो भने ब्यवसायिक गतिविधि गराई आर्थिक मन्दी संकट कम गर्न सकिने छ।

(२) लकडाउन अबधि भरको बैंक ब्याज र करमा पुर्ण रूपमा छुट गरि धरभाडा लगायतका अन्य सेवाहरूमा समेत छुटको ब्यवस्था सहित न्यून ब्याजदर कायम गरि उपलब्ध गराउनुपर्ने।

(३)सरकारले विशेष सहयोग प्याकेज घोषणा गरि ठुला,मझौला र साना उधोगी ब्यवसायीहरूको बर्गिकरण गरि एक वर्ष सम्मलाई लक्षित गरि विशेष लगानी थप गरी निरन्तर संचालनमा सहयोग गरिनु पर्ने।

(४) लकडाउनका कारण देशमा हुने खाधान्न लगायतका तरकारीहरूको कमि हुन नदिनका लागि उपलब्ध जमिनमा खाध तथा कृषि उपजको उत्पादनमा आफुसंग भएका श्रोत साधनको प्रयोग गरि उत्पादन तिर लाग्ने।साथै खाध तथा कृषि उपजको उचित उपयोग गरि संचित र नियन्त्रण गरि आवस्यकता अनुसार उपयोग गराउनु पर्ने।

(५) विदेशमा रहेका नेपालीहरूलाई स्वदेमानै ल्याउने प्रबन्ध मिलाई उचित स्वास्थ परिक्षण र उपचार पश्चात देशभित्रै रहेका सबै खालका कार्यहरूमा सहभागी गराई नेपाल बाट भारत लगायतका अन्य देशबाट आएका कामदारहरूलाई बिस्थापित गरि नेपाली मुद्रा बिदेशिनुबाट रोकि रेमिट्यान्सको रिकभर गराउन सकिनेछ।

(६) स्थानीय निकायलाई पुर्ण रूपमा परिचालन गरि प्रत्येक वडामा रहेका नागरीकहरूको पुर्ण बिवरण सहित संकलन गरि आर्थिक अवस्था पत्ता लगाई आवस्यक राहत व्यवस्थापनको लागि स्थानियरूपमानै समाजसेवी, उधोगी, ब्यवसायी, स्थानिय दलका प्रतिनिधि लगायतका सबै मिली राहत संकलन गरी सहयोगमा घर घरमानै राहत पुराउने वातावरण तयार गर्नुपर्ने।

(७) स्थानिय स्तरमानै रहेका स्वास्थ संस्थाहरूमानै कीट लगायतका उपकरणहरूको ब्यवस्थापन गरि हरेक नागरिकको स्वाव परिक्षण निशुल्क गरिने ब्यवस्था मिलाउनु पर्दछ साथै कोरोना प्रभावित नागरीकको बिमा स्वत रूपमा सरकारलेनै गरिदिनु पर्दछ।

(८) चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई पुर्ण रूपमा कडा सुरक्षित सामाग्रीको प्रयोग गराई उच्च मनोवल र सक्रियताका लागी विशेष भत्ता र बिमा सहितको ब्यवस्था गरी चिकित्सक तथा स्वास्थमा अध्यनरत सम्पुर्ण लाई देशको यो संकटको अबस्थामा सहयोग लिई जनशक्ति बढाउने।

(९) कोरोना कोषमा संकलित रकमको पुर्ण सदुपयोग गर्दै सात ओटै प्रदेशमा बृहत् कोरोना अस्पताल पछि प्रदेश अस्पताल हुने गरी सुबिधा सम्पन्न अस्पताल अस्थायी रूपमा भए पनि निर्माण गरौ जहां हजारौ कोरोना संकमित बिरामीहरू सुरक्षित रूपमा आईसुलेसन र क्वाराईनटाईनमा राखी उपचार गर्न मिल्ने गरि निर्माण गरौ।

(१०) पर्यटन बर्ष २०२० को अबसरमा आर्थिक भारमा परेका होटल ब्यवसायीहरूलाई यस विषम परिस्थितिमा क्वारेन्टाइन लगायतका सेवाहरूमा उपयोग गरि केही रूपमा भएपनि आर्थिक कारोवार गर्ने वातावरण तयार गर्न सकिनेछ।

(११) देशभित्र रहेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरूमा आवद्व समाजसेवी तथा विभिन्न दलमा आवद्व युवाहरूलाई भोलिन्टियर दस्ताको रूपमा परिचालन गर्ने।

(१२) देशमा आईपर्ने महासंकट र राष्ट्रियताको बिषयमा विभिन्न बिचार धारामा विश्वास राख्ने भएता पनि हामी सबै मिलेर सामना गर्दै एउटै ठाउमा छौ भन्ने सन्देश प्रवाहा गर्ने।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।