हेटौँडा,१४,जेठ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १ निवासी एकजना २५ वर्षकी महिलामा कोरोना भाईरस (कोभिड १९) पुष्टि भएपछि हेटौँडा अस्पतालका ३ जना स्वास्थ्यकर्मीलाई आइसोलेसन पठाईएको छ ।

ति महिला जेठ ९ गते राती हेटौँडा अस्पतालको ज्वरो क्लिनिकमा जचाँउन गएकी थिईन् । त्यहा ज्वरो देखिएपछि उनलाई आफुहरुले कोरोना आइसोलेसन वार्ड कर्रामा पठाएको हेटौँडा अस्पतालका डाक्टर हरि खड्काले खबरब्रेकलाई बताए । खड्काले भने ः उहाहरु राती अस्पताल आउनु भएको थियो । ज्वरो क्लिनिकमा उनको ज्वरो नापिएपछि हामीले तुरुन्त कर्रा पठाएका हौ । खड्काका अनुसार सो दिन ज्वरो क्लिनिकमा कार्यरत ३ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा पठाईएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।