१४ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको देखिएको महाशाखाले जनाएको छ ।

यस्तो छ आजको मौसम:

जेठ १४ गते (बुधबार)

दिउँसोः देशको  पूर्वी भू-भाग तथा  मध्य पहाडी भू-भागहरुमा  सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पूर्वी र  मध्य भू-भागहरुमा  सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी  भू-भागका  एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।