१४ जेठ । चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्नको लागि चुचुरोमा पुगेको छ । समाचार संस्था सिन्ह्वाका अनुसार सगरमाथा आरोहण गर्ने तिब्बततर्फको बाटो हुँदै बिहान चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ ।

नेपालले पनि अघिल्लो वर्ष सगरमाथाको शिखरसम्म पुगेर उचाइ नापेको थियो । उचाइ मापनको काम गर्दै आएको यस टोलीले विभिन्न ठाउँमा उचाइ नाप्ने यन्त्र जडान गरेर नापी विभागको टोली सगरमाथाको चुचुरोसम्म पुगेको हो ।

सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ रहेको छ । तर प्राकृतिक गतिविधिका कारण उचाइमा फेरबदल भएको हुन सक्ने वैज्ञानिकको अनुमान छ । नापी विभागका अनुसार मापनको तथ्याङ्क मिलाउने काम भइरहेको छ । विभागले चिनियाँ पक्षले उचाइ नापिसकेपछि एकमुष्ट रूपमा उचाइ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।