राष्ट्रपति प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले ल्याएको संबिधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरको छ ।

संसद सचिवालयमा दर्ता भएको संबिधानको अनुसूची ३ मा रहेको निशान छापमा नेपालको नक्सा अध्यावधिक गर्ने बारेको सरकारको संबिधान संशोधनको प्रस्तावको समर्थन गर्दै प्रस्तावको पक्षमा मतदान गर्ने भएको हो ।

Image

राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बसेर सो निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । राप्रपाको प्रतिनिधि सभामा एक मत रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।