हेटौँडा। राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र युवा संगठन, हेटौंडाले वडा प्रहरी कार्यालय हेटौँडालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

आज बुधबार संगठनका अध्यक्ष भृगु कार्कीले वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई सामग्री हस्तान्तरण गरेका हुन।

कोरोना संक्रमणको महामारीमा फ्रन्टलाईनमा खटिने प्रहरी पनि स्वास्थ्यकर्मीजस्तै जोखिममा रहेकोले आज मास्क, ग्लब्स र स्यानिटाईजर सहयोग गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।