१४ जेठ । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरी पुष्टि गरेको हो।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गण्डकी प्रदेश, बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका घर भइ त्यहीँ क्वारेन्टाइनमा रहेका १९ र २० वर्षीया२ जना पुरुष तथा बाग्लुङको तमनखोला गाउँपालिका घर भइ त्यहीँ क्‍वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षीय ४ जना पुरुषसमेत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।’

4संक्रमित सबैलाई सदरमुकाको सरकारी अस्पतालमा ल्याउन लागिएको निर्देशनालयले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।