हेटौँडा,१४,जेठ ।
आज मात्र कोरोना भाईरस (कोभिड १९) पुष्टि भएकि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोलकी महिला स्वाब परिक्षण गर्न दिएपछि आफ्नै घरमा बसेको खुलेको छ ।

हेटौँडाको कर्रामा रहेको कोरोना आइसोलेसन वार्डमा पाँच दिन पहिले स्वाब संकलन भएको र उनको रिर्पोट आजमात्र आएको आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।
उनी आफ्नो खकारको नमुना दिएपछि आफ्नो घरमानै बसेकी थिइन् । आइसोलेसनमा बस्नुपर्नेमा उनी घरमानै बसेको खुलासा भएको हो । गत जेठ ९ गते उनले खकारको नमुना परिक्षणको लागि दिएकी थिईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।