काठमाडौं, १३ जेठ । मंगलबार अपराह्नसम्म देशका ७७ जिल्लामध्ये ४६ जिल्लामा कोरोना भाइरस फैलिएको छ । नयाँ थपिएका संक्रमितहरु सुर्खेत, सिरहा, बारा, रौतहट, रुपन्देही, अर्घाखाँची, गुल्मी, स्याङ्जा लगायतका जिल्लाका रहेका मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

सोमबारसम्म ४३ जिल्ला रहेकामा एक दिनमै थप तीन जिल्लामा संक्रमण फैलिएर ४६ जिल्लामा संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए । मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको छ ।

कोरोना संक्रमण फैलिएका जिल्लाहरु

प्रदेश १
१. झापा
२. मोरङ
३. सुनसरी
४. उदयपुर
५. धनकुटा
६. भोजपुर
७. खोटाङ

प्रदेश २
८. सप्तरी
९. सिरहा
१०. धनुषा
११. महोत्तरी
१२. सर्लाही
१३. रौतहट
१४. बारा
१५. पर्सा

वाग्मती प्रदेश
१६. सिन्धुली
१७. रामेछाप
१८. काभ्रे
१९. सिन्धुपाल्चोक
२०. काठमाडौं
२१. भक्तपुर
२२. ललितपुर
२३. नुवाकोट
२४. मकवानपुर
२५. धादिङ
२६. चितवन

गण्डकी प्रदेश
२७. लमजुङ
२८. नवलपरासी (पूर्व)
२९. स्याङ्जा
३०. वाग्लुङ

प्रदेश ५
३१. नवलपरासी (पश्चिम)
३२. रुपन्देही
३३. कपिलबस्तु
३४. अर्घाखाँची
३५. गुल्मी
३६. दाङ
३७. बाँके
३८. बर्दिया

कर्णाली प्रदेश
३९. दैलेख
४०. जुम्ला
४१. सुर्खेत

सुदूरपश्चिम प्रदेश
४२. कैलाली
४३. कञ्चनपुर
४४. अछाम
४५. डडेलधुरा
४६. बैतडी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।