हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको गोर्खा लाहारी प्रा.लि.ले लकडाउनको समयमा करिब २० जना श्रमिकको तलब कटौती गरेको भन्दै ३ मजदूर संगठनले ध्यानाकर्षण जनाएका छन् । उद्योगमा वर्षौंदेखि कार्यरत मजदूरहरुको तलब कटौती गर्नु अनैतिक निर्णय भन्दै समग्र उद्योग ट्रेड यनियन, कारखाना श्रमिक संघ र अखिल नेपाल औद्योगिक मजदूर संघले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन् ।

विश्वभर महामारीको रुप लिँदै फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको समयमा उद्योग पूर्ण रुपले सञ्चालन हुँदा पनि श्रमिकको तलब कटौती भएपछि ३ मजदूर संगठनले विरोध गरेका हुन् । लकडाउनको कारण बाहिरी जिल्लाबाट उद्योग आउन नसक्ने मजदूरहरुको तलब कटौती गरेकोप्रति संगठनले विज्ञप्ती मार्फत् भत्त्र्सना गरेका छन् ।

यता, उद्योगले भने बागमती प्रदेशको कोरोना रोकथाम कोषमा १० लाख र जिल्ला समन्वय समितिको कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगले प्रदेश र स्थानीय सरकारलाई फकाउनको लागि लाखौं रकम सहयोग गरेको आरोप श्रमिकहरुले लगाएका छन् ।  ‘सामाजिक क्षेत्रमा खासै योगदान नगरेको यस उद्योगले यसपालि बागमती प्रदेश स्तरीय राहत कोषमा १० लाख र जिल्ला स्तरीय राहत कोषमा १ लाख सहयोग गरेकोमा हामी अचम्ममा परेका थियौँ । तर, त्यो राज्य संयन्त्रसँग नजिक भएर उद्योग चलाउन अनुमति लिन रहेछ भन्ने अहिलेको घटनाक्रमले पुष्टि गरेको छ । ’, विज्ञप्तीमा उल्लेख छ ।  विज्ञप्ती जारी गरेपछि उद्योगका मजदूर नेताहरुलाई स्पष्टिकरण सोधिएको जनाइएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती:


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।