बागतमती प्रदेश सरकारले मकवानपुरको ऐतिहासिक हेटौँडा(काठमाडौँ रज्जु मार्ग (रोप-वे) लाई लगानी बोर्डबाट भएको अध्ययनका आधारमा सार्वजनिक-निजी साझेदारी कार्यक्रममार्फत पर्यटकीय यात्रा मार्गको रुपमा विकास गर्ने भएको छ ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले आज प्रदेशको नीति तथा कार्यक्रममा उक्त विषयलाई प्रस्तुत गरेपछि वर्षौबाट बन्द रहेको रोप-वे अब संञ्चालनमा आउने संभावना बढेको हो । रोपवेलाई पर्यटकीय मार्गको रुपमा सञ्चालन गर्न सके यो देशकै प्रमुख पर्यटनको गन्तब्य बन्न सक्ने संभावना भएको क्षेत्रको रुपमा रहने विश्वास गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।